Shikhar Insurance

कारोबार समयमा सेयर बजार प्रभावित पार्ने मौद्रिक नीति, नेप्से र सेबोनले यसो भने

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १४:१४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले कारोबार समयमा पुँजी बजार प्रभावित पार्ने मौद्रिक नीति ल्याएको छ । सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने व्यवस्था राष्ट्र बैंकले ल्याएको छ ।

हाल सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशत छ । त्यसलाई पुनरावलोकन गर्ने व्यवस्था आएपछि बजार वृद्धि भैरहेको छ । नेपालको सेयर बजारमा बैंक तथा वित्तीय सस्थाहरुको एकाधिकार छ । ‘ बजार प्रभावित पार्ने निर्णय कारोबार अवधिमा नगरेको भए हुने’, नेप्सेका एक उच्च अधिकारीले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल धितोपत्र बोर्डका एक अधिकारीले पनि जोखिम भार घटाउने निर्णय राम्रो भए पनि कारोबार समयमा ल्याउनु भने ठिक नभएको बताए । राष्ट्र बैंकले २ नबज्दै मौद्रिक नीति सार्वजनिक गरिदिएको हो ।  सूचीकृत कम्पनीहरुलाई कारोबार समयमा बोर्ड बैठक राख्न नपाउने व्य वस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्