Shikhar Insurance

आईजीआई प्रुडेन्सियलका कर्मचारी, सेयरधनी र ग्राहकलाई माया मेट्रो अस्पतालमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो अस्पताल धनगढीबीच सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख सञ्जीव जोशी र अस्पतालका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात् इन्स्योरेन्सका कर्मचारी, सेयरधनी तथा ग्राहकहरूलाई अस्पतालले दिने विभिन्न सेवाहरूमा १० प्रतिशतसम्मको प्राप्त हुने हुनेछ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सम्पूर्ण कर्मचारी, लगानीकर्ता तथा ग्राहकहरुले आवश्यकताअनुसारका सेवा प्राप्त गर्न सक्ने संस्थाले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै सोही अवसरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजीव जोशीले माया मेट्रो अस्पतालसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकहरुलाई आवश्यक पर्ने निर्जीवन बिमासम्बन्धी सम्पूर्ण सेवाहरु आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट सहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए।

GBIME

प्रतिक्रिया दिनुहोस्