Shikhar Insurance

रोशी पालिकामा एक हजार ७ सय ८० नागरिकले पाए निःशुल्क स्वास्थ्य बीमा

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १७:२४
NIMB
Nabil Bank

धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका–१ मा एक हजार सात सय ८० नागरिकले निःशुल्क स्वास्थ्य बीमा गराएका छन् । गाउँपालिकाले ६० वर्षभन्दामाथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाएपछि आर्थिक वर्ष २०७९/८० मा उनीहरु स्वास्थ्य बीमा अभियानसित जोडिएका हुन् ।

गत आर्थिक वर्षमा गाउँपालिकाले निःशुल्क स्वास्थ्य बीमा गर्नका लागि ८० लाख विनियोजन गरेको थियो । पहिलो त्रैमासिकमा एक सय ९८, दोस्रो त्रैमासिकमा चार सय ३६, तेस्रो त्रैमासिकमा आठ सय ६ र चाँथो त्रैमासिकमा तीन सय ४० जनाले बिमाका लागि विवरण भरेको रोशी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठले जानकारी दिए।

Citizen Life
Kumar Bank
Nepal Life

गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार पालिकाको पहिलो बैठकले ६० वर्षमाथिका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको थियो । पालिकाले यस वर्ष पनि सो अभियानलाई निरन्तरता दिएको छ । यस्तै मातृ तथा नवजात शिशु मृत्युदर घटाउनका लागि ‘सुत्केरी आमा पोषिलो खाना’, निःशुल्क एम्बुलेन्स सेवा, स्वास्थ्यकर्मीद्वारा सुत्केरी घरभेट र ग्रामीण भिडियो एक्स–रे कार्यक्रमका अतिरिक्त बालबचाउ कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्