Shikhar Insurance

प्रभु क्यापिटलले ल्यायो ‘लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’

सिंहदरबार संवाददाता
२०८० श्रावण ७, आईतवार १७:५३
NIMB
Nabil Bank

काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी पोइन्ट्स अफरका साथै रिफरल स्किम सार्वजनिक गरेको छ । यसै परिप्रेक्ष्यमा प्रभु क्यापिटल लिमिटेडले ‘प्रभु क्यापिटल लोयल्टी एण्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको छ । यो योजना साउनमसान्तसम्म सञ्चालन हुने भएको छ ।

यस टिकटक कम्पिटिसनअन्तर्गत सहभागीहरुले प्रभु क्यापिटल लिमिटेडको टिकटक अकाउण्टमा राखिएको जिंगलको ओरिजिनल साउण्डमा टिकटक बनाई (ह्यसट्याग) #prabhuloyaltyandreferal राखी पोष्ट गर्नुपर्ने हुन्छ । सबैभन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने क्यापिटलले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रभु क्यापिटलले नेपाली पुँजीबजारको क्षेत्रमा सदैव नयाँ-नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिने गरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ । लोयल्टी पोइन्ट्स अफर तथा रिफरल स्किमबारे थप जानकारीको लागि प्रभु क्यापिटल लिमिटेडको फोन नम्बर ९८४००७६१०० मा समेत सम्पर्क गरी जानकारी पाउन सकिने जनाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्