Shikhar Insurance

एनआरएनए जापानको सचिवमा दिलिप कँडेलको उम्मेदवारी घोषणा

सिंहदरबार संवाददाता
२०८० श्रावण १०, बुधबार १९:४९
NIMB
Nabil Bank

जापान । व्यवसाय,समाजसेवा र सामाजिक अभियन्ताका रुपमा परिचित एनआरएनए जापानका केन्द्रिय सदस्य दिलिप कँडेलले नयाँ नेतृत्वमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । समाजसेवाको अभियानलाई निरन्तरता दिंदै कँडेलले लामो व्यावसायिक अनुभव एवं जापानमा स्थापित विभिन्न सामाजिक संघसंस्थामा नेतृत्व तहमा रहेर गरेको कामको अनुभवका आधारमा गैर आवासिय नेपाली संघ जापानको सन् २०२३(२०२५ कार्यकालको लागि सचिव पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् ।

जापान सहित नेपालमा सामाजिक क्षेत्रमा सहयोग र भैपरि आउने समस्याहरुमा सहयोगी व्यक्तिका रुपमा कँडेललाई चिन्ने गरिन्छ । बागलुङको गल्कोट, बिहुकोट, चितवन लगायतका नेपालका विभिन्न ठाउहरूमा आईपर्ने हरेक सामाजिक समस्याहरू तथा सामाजिक कार्यमा अग्रस्थानमा रहेर भूमिका र जिम्मेवारी निभाउँदै आएको कँडेल बताउँछन् । कोरोना महामारीको समयमा जन्मस्थान गलकोटमा राहत र उद्धार कोषको स्थापना र संचालन गरेर सामाजिक सेवामा अग्रणी भूमिका निर्वात गरेका कँडेल जापानमा हुने हरेक सामाजिक कामहरुमा समेत सक्रिय सहभागी हुँदै आएको जापानमा रहेका नेपालीहरुको भनाई छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एनआरएनए जापानले संचालन गरेका र आफ्नो जिम्मेवारीमा आएका सबै काम सक्रियतापूर्वक सम्पन्न गर्दै आएका कँडेल सचिवको रुपमा रहेर आगामी कार्यकालमा एनआरएनए जापानलाई जापानवासी नेपालीको दरिलो खम्बा बनाउन एकतावद्ध भएर सक्रिय रुपमा लाग्ने प्रतिबद्घता पनि व्यक्त गरेका छन् । समाजमा हुने हरेक समस्याको समाधान निकाल्न जापानबासी नेपाली समुदायका बीचमा हालसम्म खेलेको भूमिकालाई स्मरण गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिनको लागि एनआरएनए जापानको आगामी कार्यकालमा सचिव पदमा रहेर जिम्मेवारी निर्वाह गर्न सचिव पदमा उम्मेद्वारी घोषणा गरेको गरेको कँडेलले जानकारी दिए ।

एनसिसि जापानको गरिमालाई बचाई राख्न जापानमा स्थापित संघ(संस्था संग समन्वय गर्दै नेतृत्वमा युवा सहभागिता, आर्थिक पारदर्शिता एवं नीति तथा विधि सम्वत् संस्थाको संचालन गरि एनआरएनए जापानलाई विश्वसनीय साथी बनाउने अभियानमा जापानवासी सबै नेपालीहरुको अमुल्य साथ र सहयोग पाउने विश्वास एनआरएनए जापानका सचिव पदका उम्मेदवार दिलिप कँडेलको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्