Shikhar Insurance

भारतबाट बढेर आयो पेट्रोल र डिजेलको मूल्यः ग्यासको मूल्य भने १०० रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार १४:०८
NIMB
Nabil Bank

काठमाडौं । भारतबाट तेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार निमगमलाई पेट्रोल र डिजेल महँगाे पर्ने भएको हो । तर, ग्यासको मूल्य भने घटेर आएको छ ।

निगम स्रोतका अनुसार अन्तर्राष्ट्रिय बजार भाउबमोजिम इन्डियन आयल कर्पोरेसनले १५ दिनको बजारको औसत मूल्य पठाएको हो । अब १५ दिन निगमले यही भाउमा तेल किन्नेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ ८७ पैसाले बढेर आएको छ । यस्तै, डिजेलको ६ रुपैयाँ ६१ पैसाले बढेर आएको निगमले जनाएको छ । तर, ग्यासको मूल्य भने प्रतिसिलिण्डर करिब १०० रुपैयाँले घटेर आएको छ।

भारतबाट आएको सूचीअनुसार नै पेट्रोल र डिजेलको मूल्य अब नेपालमा पनि स्वचालित प्रणालीबाट समायोजन हुनेछ । यसका आधारमा पेट्रोल र डिजेलको भाउ बढे तापनि ग्यासको मूल्य भने घट्ने छ।

GBIME

प्रतिक्रिया दिनुहोस्