Shikhar Insurance

सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक

सिंहदरबार संवाददाता
२०८० श्रावण १६, मंगलवार १६:५६
NIMB
Nabil Bank

झापा । झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दाको चाप अत्यधिक रहेको छ । आर्थिक वर्ष २०७९/८० मा कूल ६ हजार ३ सय २७ मुद्दा दर्ता भएका थिए । यसमा एक हजार सात सय सात  सम्बन्धविच्छेदका मुद्दा थिए ।

सम्बन्धविच्छेदका एक हजार तीन सय छ मुद्दा फछ्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार वीरेन्द्र बस्नेतले जानकारी दिए। सो अवधिमा नौ सय ६९ अंशबण्डाका मुद्दा दर्ता भएकामा ५ सय २१ फछर्यौट भएका थिए । चार सय ४८ मुद्दा अर्को वर्षलाई सरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

जिल्ला अदालतमा वर्षभरि दर्ता हुने मुद्दामध्ये आधा हाराहारीमा मात्रै फछ्र्यौट हुने गरेका श्रेष्तेदार बस्नेतले बताए। आर्थिक वर्ष २०७८/८९ मा पनि आधी सङ्ख्यामा मात्र मुद्दा फछर्यौट भएका थिए । सो अवधिमा कूल ६ हजार ४ सय १९ मुद्दा विचाराधीन रहेकामध्ये ३ हजार ८ सय ५९ मुद्दा फछर्यौट भएका थिए । दुई हजार पाँच सय ६० मुद्दा अर्को वर्षका लागि सरेका थिए ।

आव २०७९/८० मा लागु औषधसम्बन्धी कसुरमा तीन सय ७७ मुद्दा दर्ता भएकामा दुई सय २० फछर्यौट भएका थिए । यसैगरी, सम्पत्ति लेनदेनसम्बन्धी दुई सय ३६ मुद्दा परेकामा एक सय १२ फछर्यौट भएका श्रेष्तेदार बस्नेतले जानकारी दिए।

यस्तै बलात्कार, चोरी र बहुविवाहसम्बन्धी कसुरमा अदालतमा धेरै मुद्दा पर्ने गरेको तथ्याङुक छ। आव २०७९/८० मा बलात्कार (करणी) सम्बन्धी कसुरमा तीन सय तीन मुद्दा परेकामा एक सय ५७ फछर्यौट भएका थिए । अदालतको तथ्याङ्क अनुसार बलात्कारसम्बन्धी मुद्दामध्ये जबरर्जस्ती करणीका दुई सय २४ मुद्दा परेकामा एक सय १० फछर्यौट भएका छन् । चोरी तथा डाकासम्बन्धी कसुरमा दुई सय नौ मुद्दा परेकामा एक सय ४७ वटा फछर्यौट भएका जिल्ला अदालतले जनाएको छ । यसैगरी बहुविवाहका ५४ मुद्दा परेकामा ३० वटा फछर्यौट भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्