Shikhar Insurance

मिसन युनाइटेड अजोडः यसपाली चौथो, अर्काे वर्ष दोस्राे हुने

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार १०:२१
NIMB
Nabil Bank

काठमाडौं । युनाइडेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनी मर्जर भएर बनेको कम्पनी हो युनाइटेड अजोड इन्स्योरेन्स । युनाइटेडको एक सय कित्ता बराबर अजोडको ८२.५ कित्ता(१००ः८२.५)को अनुपातमा मर्जर हुँदै यो कम्पनीले २०८० जेठ १४ गते आइतबारबाट एकीकृत कारोबार सुरु गरेको थियो । कारोबार आरम्भ गर्दा कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ ५ निर्जीवन बिमा कम्पनीभित्र पर्ने उद्घोष गरेका थिए ।

तर, अब भने कम्पनीको लक्ष्य परिवर्तन भएको छ र आगामी वर्ष नै ‘टप टु कम्पनी’मा आउने योजना बनाएको छ । गत आर्थिक वर्ष सकिँदा कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो प्रिमियमका आधारमा कम्पनीले चौथो स्थान ओगट्न सफल देखिन्छ । नाफाका हिसाबले भने गत आर्थिक वर्ष कम्पनी ८ औं नम्बरमा रहने प्रमुख कार्यकारी अधिकृत श्रवण रावल बताउँछन् । ‘यसपाली हामी प्रिमियमका आधारमा चौथो र नाफाका आधारमा आठौं नम्बरमा पर्छाैं, अर्काे वर्ष टप टु मै आउने योजना बनाइरहेका छौं’, युनाइटेड अजोडका सीईओ रावलले सिंहदरबारसँग भने । मर्जरबाट प्राप्त सिनर्जीको उपयोग गर्दै कम्पनीलाई उत्कृष्ठ २ भित्र ल्याउने उनले दाबी गरे । कम्पनीले आगामी वर्षमा ४०० करोडभन्दा ठूलो आकारको बिजनेस गर्ने योजना तय गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अहिले कम्पनीको चुक्ता पुँजी २ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बिमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीले अपुग पुँजीका लागि बोनस सेयर वितरण गर्ने र अझै नपुगेको पुँजीका लागि केही प्रतिशत हकप्रद सेयर जारी गरेर चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गर्ने योजना बनाएको छ ।

नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख छ भने शाखा संख्या १ सय र कर्मचारी संख्या ५ सय ८१ छन् । मर्जरका समयमा बिमालेख संख्या १ लाख ९२ हजार ८ सय २५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ रहेको थियो । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

युनाइटेड इन्स्योरेन्समा चौधरी ग्रुपको मुख्य लगानी थियो भने अजोड इन्स्योरेन्समा भाटभटेनी समूह, कालु गुरुङ, आजाद श्रेष्ठलगायतको लगानी थियो । अब यी घरानाहरु युनाइटेड अजोडमार्फत एकै कम्पनीमा जोडिएका छन् ।

युनाइेड अजोडले रावललाई वार्षिक ८४ लाख रुपैयाँ तलब भत्ता पाउने गरी आगामी चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । अजोडका तत्कालीन सीईओ कुमारबहादुर खत्रीले भने डेपुटी सीईओका रुपमा काम गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्