Shikhar Insurance

नेपाल लाइफ इन्स्योरेन्सको ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सकियाे

सिंहदरबार संवाददाता
२०८० श्रावण २२, सोमबार १३:३९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिने ‘बिजनेस एक्सिलेन्स कन्फरेन्स’ सम्पन्न भएको छ । चितवनको सौराहामा साउन १५ देखि १७ गतेसम्म चलेको कन्फरेन्स “पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिङमा कार्यरत २ सय ३० भन्दा बढी कर्मचारीको सहभागिता थियो ।

सम्मेलन कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक कृष्णराज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई हृदयदेखि धन्यवाद ज्ञापन गरे ।

यस्तै सञ्चालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीहरुले गत आवामा गरेको योगदानका निम्ति धन्यवाद दिए । हरेक मान्छेले आफ्नो भ्यालु क्रिएसनमा जोड दिन पर्ने विचार व्यक्त गरे ।

यस्तै सञ्चालक शक्ति कुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने बताए । आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पुर्व तयारी गरि कार्यसम्पादन गर्न आग्रह गरे । प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम कारवाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको बताए ।

यस्तै प्रमुख कार्यकारी अधिकृत प्रवी रमण पराजुलीले कर्मचारीहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराएका थिए ।

हाल कार्यरत प्रादेशिक प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आआफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरुबाट सबै सहभागीहरुलाई प्रमाणपत्र साथै आर्थिक वर्ष २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्