Shikhar Insurance

कर्णाली सरकारलाई स्वरोजगार कोषले सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार १७:१४
NIMB
Nabil Bank

कर्णाली । कर्णाली प्रदेश सरकारले वार्षिक १० हजारलाई रोजगार दिने लक्ष्य पूरा गर्ने उद्देश्यसहित विभिन्न निकायसँग छलफल सुरु गरेको छ ।

प्रतिवर्ष दश हजारलाई रोजगार दिएर स्वरोजगार र आत्मनिर्भर बनाउने लक्ष्य राखी अभियान सुरु गरेको प्रदेश सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग छलफल गरेको हो । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा र कोषका कार्यकारी उपाध्यक्ष डा देवराज रोका (कल्याण)सँग सोमबार यस विषयमा छलफल भएको हो । छलफलमा मुख्यमन्त्री शर्मासँग कोषका उपाध्यक्ष डा रोकाले कर्णालीमा लगानीको अवस्था, त्यसको प्रभाव र आकर्षण कस्तो रहेको छ भन्नेबारे जानकारी लिए। यस विषयमा मुख्यमन्त्री शर्माले कर्णालीको विकासको सम्भावना, लगानी तथा हालसम्म भएका गतिविधिका बारेमा बताए।

Citizen Life
Kumar Bank
Nepal Life

“हामीबीच मूलतः कर्णालीमा उत्पादित जडीबुटी तथा रैथानेबालीको व्यवस्थित निर्यातका लागि कर्णाली हाउस निर्माणलगायतका महत्वपूर्ण विषयमा छलफल भएको भयो,” उनले भने, “यसमा कोषले प्रदेश सरकारको लक्ष्य र अभियानमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरेको छ ।”

मुख्यमन्त्री शर्मासँगको छलफलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा रोका, कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, कानुन तथा असूली शाखा प्रमुख लोकबहादुर खड्का, कर्णाली र गण्डकी प्रदेश अनुगमन अधिकृत जनकप्रसाद पाण्डेको सहभागिता थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्