Shikhar Insurance

नेपालमा बैंक स्थापना गर्दै चीन: शाखा खोल्ने, सेयर किन्ने वा नयाँ लाइसेन्स लिने विकल्प

सिंहदरबार संवाददाता
२०८० श्रावण २३, मंगलवार २१:४४
NIMB
Nabil Bank

काठमाडौँ । विश्वभर लगानी विस्तार गरिरहेको चिनले नेपालमा बैंक खोल्ने भएको छ । नेपालका लागि चिनका राजदुत छन सोङ्ले नेपालमा चिनियाँ लगानीको बैंक खोल्नेबारे आवश्यक काम भैरहेको तथ्य उजागर गरेका हुन् । हाल नेपालमा चिनियाँ कम्पनीहरुले ठूला पूर्वाधार निर्माणमा ठेक्का पट्टाको काम गरिरहेका छन् । चिनियाँ कम्पनीले ठूला सडक, सुरुङ, विमानस्थलदेखि जलविद्युत आयोजनाहरु निर्माणको काम गरिरहेका छन् ।

नेपालमा बलियो उपस्थिति देखाउने प्रयास गरिरहेको चिनले अब बैंक समेत स्थापना गर्न लागेको हो । चिनले नयाँ बैंकको लाइसेन्सका लागि प्रयास गर्ने, हाल सञ्चालनमा रहेका कुनै बाणिज्य बैंकको सेयर किन्ने वा नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने विकल्पमा छलफल अघि बढाईरहेको छ । चिनले अहिले नेपालमा सञ्चालनमा रहेका कुनै बाणिज्य बैंकको संस्थापक सेयर खरिद गर्ने विकल्पमा पनि छलफल अघि बढाएको स्रोत बताउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

हाल नेपालमा भारतीय लगानी रहेका नेपाल एसबिआई बैंक र एभरेष्ट बैंक छन् । नेपाल एसबिआई बैंकमा भारतीय सरकारी बैंक एसबिआईको लगानी छ भने एभरेष्ट बैंकमा पञ्जाब नेशनल बैंकको लगानी छ । बेलायती लगानीको स्ट्याण्डर्ड चाटर्ड बैंक पनि सञ्चालनमा छ । त्यस्तै पाकिस्तानी लगानीको हिमालयन बैंक पनि सञ्चालनमा छन् । हिमालयनमा पाकिस्तानको हबिब बैंकको लगानी रहेको छ । हबिबलाई आफ्नो लगानी फिर्ता लैजान चौतर्फी दबाब परेको देखिन्छ । हबिब आफैं पनि हिमालयन बैंकको सेयर बेचेर फर्कन तयार रहेको स्रोत बताउँछ ।

उता, नबिल बैंकमा बंगलादेशको आइएफआईसी बैंकको लगानी छ । एनएमबि बैंकमा नेदरल्याण्डको डच डेभलपमेन्ट बैंकका तर्फबाट एफएमओले लगानी गरेको छ ।
मंगलबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालसँग भेट गरेका चिनियाँ राजदुत छन सोङले नेपालमा चिनियाँ बैंक स्थापना गर्नेबधारे छलफल अघि बढाइएको तथ्य उजागर गरेका हुन् । त्यस बाहेक उनले तातोपानी नाका खोल्ने तयारी समेत अघि बढाएको बताएका थिए ।

नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङको भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व एवं सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङ्ले प्रस्तुत गरेका थिए ।

भेटमा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष ढकालले पनि नेपालमा चिनियाँ बैंक स्थापना गर्न सकिने सम्भावनातर्फ ध्यानाकर्षण गराएका थिए । अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोमा ध्यानाकर्षण गराएका थिए ।

पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत बताउनुभयो । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गरे ।

महासङ्घले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गरे ।

अध्यक्ष ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पहल गर्न पनि चीन सरकारसँग अध्यक्ष ढकालले आग्रह गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्