Shikhar Insurance

जग्गाको कित्ताकाट नखुल्दा घट्याे राजस्व संकलन, घरजग्गाको कारोबार र अंशबण्डासमेत रोकियो

सिंहदरबार संवाददाता
२०८० श्रावण २४, बुधबार १२:२७
NIMB
Nabil Bank

म्याग्दी । जिल्ला मालपोत कार्यालय म्याग्दीको घरजग्गाको कारोबारबाट एक वर्षको अवधिमा ४ करोड ६८ लाख राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७९/०८० मा ४ करोड ६८ लाख २१ हजार दुई राजस्व संकलन भएको कार्यालयले जनाएको छ । मालपोत कार्यालय म्याग्दीका निमित्त प्रमुख कलादेवी शर्मा रिजालले अघिल्लो वर्षको तुलनामा ३६ लाख ६३ हजार ९ सय आठ कम राजस्व संकलन भएको बताए।

“स्थानीय तहले जग्गाको वर्गीकरण नगरेकाले गत आर्थिक वर्षमा कित्ताकाट भएन, । यसको असर घरजग्गाको कारोबार र राजस्व संकलनमा परेको छ,” उनले भने,“जग्गाको कित्ताकाट नखुल्दा घरजग्गाको कारोबार र अंशबण्डा रोकिएको छ ।”

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक वर्ष २०७८/७९ मा ५ करोड ४ लाख ८४ हजार ९१०, २०७७/७८ ५ करोड ११ लाख ३ हजार ६०० र २०७६/७७ मा ३ करोड २९ लाख ४३ हजार ८०६ राजस्व संकलन भएको थियो । घरजग्गाको रजिस्टेशनबाट २ करोड ४३ हजार आठ सय १६, न्यायिक दस्तुर दण्डजरिवाना र जफत शीर्षकमा १२ लाख ३८ हजार चार सय २०, सेवा शुल्क/अन्य प्रशासनिक दस्तुरमा ६६ लाख ५२ हजार सात सय, रोक्का दस्तुर/घर कायमबाट ८२ हजार दुई सय र पुँजीगत लाभकर एक करोड ८८ लाख तीन हजार आठ सय ६६ राजस्व संकलन भएको छ ।

रजिष्ट्रेसन शुल्क अन्तर्गतको राजस्व रकममध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई उपलब्ध गराइएको छ । रजिष्ट्रेसन तर्फ ग्रामीणको पाँच सय ३३ र सहरीको दुई सय ११ गरी कूल सात सय ४४ लिखत पारित भएको छ ।

मुद्दा शाखामा तीन सय ८८ नामसारी, १५ संशोधन र ६८ वटा श्रेष्ता कायमसहित पाँच सय ५६ मुद्दा दर्ता भएकोमा चार सय ९८ को फर्छौट भएको छ । गत वर्ष दुई सय ४३ महिला र २७ दलितको नाममा घरजग्गा रजिष्ट्रेसन गरेबापत छुट पाएका छन् । महिलाले २५ लाख ४१ हजार एक सय ४१ र दलितले एक लाख ६३ हजार तीन सय बराबरको छुट पाएका हुन् ।

बीस सरकारी निकायले रु सात लाख ३२ हजार छ सय ६८ र तीन विद्यालयले १९ हजार पाँच ४० छुट पाएका छन् । बेनी नगरपालिकाले मात्र म्याग्दीमा जग्गाको वर्गीकरण गरेको छ । अन्य पाँच स्थानीय तहले जग्गाको वर्गीकरण गरेका छैनन् । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा गत आर्थिक वर्षदेखि अंशबन्दा र घरजग्गाको कारोबार रोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्