Shikhar Insurance

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ‘लिडरसिप एक्सलेसन अवार्ड २०२३’ सकियाे

सिंहदरबार संवाददाता
२०८० श्रावण २५, बिहीबार १८:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिको तीन दिवसीय ‘लिडरसिप एक्सलेसन अवार्ड २०२३’ भव्यतापूर्वक सम्पन्न भएको छ ।

चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा साउन १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्षः पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त कार्यक्रममा देशभरिबाट उत्कृष्ट व्यवसाय गर्ने १३० भन्दा बढी एजेन्सी तथा एजेन्सी मेनेजरहरुको सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक विमल ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले नेपाल लाइफ आफैंमा जीवन बिमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको स्थापित ब्रान्ड रहेको र यससँग जोडिन पाउनु हामी सबैको लागि हर्षको विषय रहेको बताए । पराक्रमी गति आक्रामक नीति नारासहित सार्क वर्षको अवधारणालाई आत्मसाथ गर्दै कम्पनी अघि बढेको देख्दा खुसी लागेको बताए ।

कार्यक्रममा बोल्दै सञ्चालक विमलप्रसाद ढकालले आव २०७९/८० मा उत्कृष्ट व्यवसाय गर्दै सम्मानित भएका सम्पूर्ण बिमा अभिकर्ताहरुलाई बधाई तथा आगामी दिनमा सफलताका लागि शुभकामना व्यक्त गरे। कार्यक्रममा बोल्दै आगामी दिनमा व्यवसाय गर्दा नियमनकारी निकायद्वारा जारी गरिएका नीतिनियमको अधिनमा रही व्यवसाय गर्न सबैलाई आग्रह गरे ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अभिकर्ताहरुलाई गत आवको कार्य सम्पादनका लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पुरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे । गएको आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८०/८१ मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए ।

प्रमुख कार्यकारी अधिकृत पराजुलीले यस कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको बताए । कार्यक्रममा एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सम्मानको साथ साथै २० जनालाई सम्राट पदक, २३ जनालाई रत्न पदक र ६३ जनालाई समृद्धि पदकबाट पनि विभुसित गरिएको थियो ।

त्यस्तै एजेन्सी मेनेजरतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने बसन्ती शर्मा, मदन भट्ट र स्नेहा भट्ट तथा व्यक्तिगत कोडतर्फबाट क्रमशः नेपाल प्रथम, द्वितीय र तृतीय हुने खुशी भट्ट, शान्ता राजवंशी, भीमा पन्थीलाई अवार्डको साथै नगद पुरस्कारले पनि सम्मान गरिएको थियो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्