Shikhar Insurance

राष्ट्रपतिसँग सभामुख र अध्यक्षको भेट

सिंहदरबार संवाददाता
२०८० श्रावण २६, शुक्रबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भेटवार्ता गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटमा उनीहरुबीच संसद्मा जारी अवरोध हटाउनेबारे छलफल भएको संसद् सचिवालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सभामुख र अध्यक्षले सदन सञ्चालनका निम्ति गरिएका प्रयासबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले सदनको अवरोध खुलाउन राष्ट्रपतिबाट समेत सहयोगको अपेक्षा राखेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्