Shikhar Insurance

गत आर्थिक वर्षमा नेपाल लाइफ इन्स्योरेन्सले कमायो ६७ करोड ४४ लाख नाफा

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार १२:४८
NIMB
Nabil Bank

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा नेपाल लाइफ इन्स्योरेन्सले ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । २०७८/७९ अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो ।

उक्त कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा ४.६९ ले बिमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ संकलन गरेको छ । उक्त  कम्पनीको जीवन बिमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस अवधिमा कम्पनीकाे  पुनर्बिमा कमिसन र लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक थियो ।

कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्