Shikhar Insurance

अर्थमन्त्रीले बैंकका सीईओहरूलाई मन्त्रालय बोलाए, गभर्नरसँगै राखेर छलफल गर्ने

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार १५:०३
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले वाणिज्य बैंकका सीईओहरूलाई छलफलका लागि बोलाएका छन् । मन्त्री महतका तर्फबाट सबै वाणिज्य बैंकका सीइओहरूलाई आइतबार साँझ साढे ५ बजे अर्थ मन्त्रालयमै छलफलका लागि खबर पठाइएको हो ।

‘साढे पाँच बजे सबै बैंकका सीईओहरूलाई उपस्थित हुनु भनेर खबर आएको छ, हामी उत्साहित भएर जाँदैछौं’, एक वाणिज्य बैंक्का सीईओले सिंहदरबारसँग भने । अर्थमन्त्रीले बैंकका सीईओहरुसँगै नेपाल राष्ट्र बैंकका गभर्नरलाई पनि बोलाएका छन् । ब्याजदर, ऋणको माग, तरलता व्यवस्थापन र सम्भावित आर्थिक संकटका बीच अर्थमन्त्रीले डाकेको बैठकलाई अर्थपूर्ण मानिएको छ । यस अघि असार २२ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठले बैंकरहरुलाई निजी निवासमा डिनर खुवाएका थिए । गृहमन्त्री श्रेष्ठले तीन घण्टासम्म बैंकरसँग छलफल गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री डा. महतले मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै ब्याजदर घटाउने सार्वजनिक अभिव्यक्ति दिँदै आइरहेका छन् । खुकुलो मौद्रिक नीति आउने बताएका डा. महतले मौद्रिक नीति सकारात्मक आएको प्रतिक्रियासमेत दिएका थिए । मौद्रिक नीतिपछि अर्थतन्त्र चलायमान हुने अपेक्षा गरिए पनि सोअनुसारको गतिविधि नदेखिएपछि मन्त्री डा. महतले चिन्ता व्यक्त गर्न थालेका थिए । ब्याजदर घटाउने आफ्नो मुल एजेण्डाका विपरीत बैंकहरुले साउन महिनादेखि भद्र सहमति स्थगित गर्दै ब्याजदरमा खुला अभ्यास गर्ने निर्णय गरेर ब्याज बढाएपछि मन्त्री डा. महतमाथि दबाब बढेको थियो । उनले भदौमा ब्याजदर नबढाउन आग्रह गर्न सक्नेछन् ।

बैंकरहरुले पनि स्थानीय तहले वाणिज्य बैंकहरुमा राखेको रकमको ५० प्रतिशत हिस्सा निक्षेपमा गणना गर्न पाउनुपर्ने माग यस अघि नै राखिसकेका छन् र त्यसलाई पुनः दोहोर्याउने तयारी गरेका छन् । यस अघि स्थानीय तहको ८० प्रतिशत रकम बैंकहरुले निक्षेपमा गणना गर्न पाएका थिए र तर असार मसान्तबाट त्यस्तो सुबिधा कटौती भइसकेको छ ।

त्यस बाहेक बैंकरहरुले आर्थिक ऐनको बुँदा नम्बर २६ र २७ मा अनुसार मर्जर तथा एक्विजिसनमा गएका संस्था र एफपीओको रकममा कर नउठाउन पुनः आग्रह गर्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्