Shikhar Insurance

मन्त्री अमनलाल मोदीलाई माओवादीले फिर्ता बोलायो

सिंहदरबार संवाददाता
२०८० श्रावण २८, आईतवार १७:५८
NIMB
Nabil Bank

काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गरेको सचिव देवेन्द्र पौडेलले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा ल्याउन माओवादीको एक मन्त्रीलाई फिर्ता बोलाउन चाहेका थिए । त्यसका लागि आइतबार नै मन्त्री र पदाधिकारीको बैठक बोलाएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

अब जनमत पार्टीकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने माओवादीका ती पदाधिकारीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्