Shikhar Insurance

भ्रष्टाचार गरेको अभियोगमा अध्यक्ष कुमार बराइलीसहित ८ जनाविरुद्ध मुद्दा दायर

सिंहदरबार संवाददाता
२०८० श्रावण २९, सोमबार ११:३७
NIMB
Nabil Bank

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले इलामको माई नगरपालिकास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुमारबहादुर बराइलीसहित आठ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रक्रिया नपुर्याई लागत इस्टिमेट तयार पारेको, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णयविपरीत आफू अनुकूल कागजात तयार पारी १५ लाख पाँच हजार नौ सय ३० रूपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आयोगले मुद्दा दायर गरेको हो । आयोगले वन उपभोक्ता समूहका अध्यक्षविरुद्ध बिगोबमोजिम कैद र जरिवानाको माग गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै वन उपभोक्ता समितिका तत्कालीन सल्लाहकार अर्जुनकुमार थापा र कोषाध्यक्ष रामकुमारी खत्रीविरुद्ध रु चार लाख बराबरको बिगो दाबी गरेको छ । वन समूहका उपभोक्ता एवं चिलाउने गाैंडा हिलो खोला क्रसिङ फुटपाथ पुलका अध्यक्ष दिलबहादुर मगर र पुलका कोषाध्यक्ष रस्मिला बराइलीविरुद्ध ४ लाख रूपैयाँ, दर्तावाला लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध गलत प्रतिवेदन बनाई भ्रष्टाचारमा सहयोग गरेको अभियोग देखिएकाले कैद र जरिवानाको माग गरेको छ ।

आयोगले वन उपभोक्ता समूहका तत्कालीन सचिव रामबहादुर मगर र सोही समूहका तत्कालीन कोषाध्यक्ष चन्द्रकला श्रेष्ठविरुद्ध समान ११ लाख ५ हजार ९ सय ३० रूपैयाँबराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए।

GBIME

प्रतिक्रिया दिनुहोस्