Shikhar Insurance

रोल्पाको नेपाल टेलिकमको पूर्वाधारमा अर्को सेवा प्रदायकबाट क्षति

सिंहदरबार संवाददाता
२०८० श्रावण २९, सोमबार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । विगत केही समय यता नेपाल टेलिकमका पूर्वाधारहरुमा क्षति पुर्याउने कार्य निरन्तर रुपमा जारी रहेको कम्पनीले जनाएको छ।

यसै क्रममा रोल्पाको परिवर्तन गाउँपालिकामा अवस्थित नेपाल टेलिकमको कुरेली साइटमा अन्य दूरसञ्चार सेवा प्रदायकका प्राविधिकबाट क्षति पुर्याइएको र सम्बन्धित गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल भई आगामी दिनमा यस्तो कार्यमा संलग्न नहुने सहमति भएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल टेलिकमको टावर देखि २० मिटर नजिकै अन्य सेवा प्रदायकको समेत टावर निर्माण गरिएको कारण नेपाल टेलिकमको सोलार प्यानलमा अवरोध भइरहेकोमा केही दिन पहिले सोलार पावर सिस्टमको तार समेत काटी क्षति पुर्याइएको थियो। सो सन्दर्भमा नेपाल टेलिकमका प्राविधिकहरुले प्रमाणसहित गाउँपालिकामा जानकारी प्रस्तुत गरेकोमा गाउँपालिकाको रोहवरमा दुवै पक्षका बीच छलफल गरिएको थियो।

परिवर्तन गाउँपालिकाका अध्यक्ष शुकबहादुर बुढामगर र प्रमुख प्रशासकीय अधिकृत प्रेम जीएम लगायत दुवै पक्षका बीचमा गत शुक्रबार भएको छलफलमार्फत आगामी दिनमा सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने यस्ता कार्य नदोहोर्याउने सहमति भएको छ ।

भविष्यमा यस्ता गतिविधि दोहोरिएमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्