Shikhar Insurance

थाई अदालतद्वारा पिताको प्रधानमन्त्री बन्न पाउनुपर्ने मुद्दाको सुनुवाइ गर्न अस्वीकार

सिंहदरबार संवाददाता
२०८० श्रावण ३२, बिहीबार १२:२४
NIMB
Nabil Bank

बैंकक । थाइल्याण्डको एक अदालतले संसदीय निर्वाचनमा बहुमत प्राप्त मुभ फरवार्ड पार्टी ९एमएफपी० नेता पिता लिम्जारोएनरातको प्रधानमन्त्री बन्ने प्रयाससहित दायर गरिएको मुद्दा बुधबार खारेज गरेको छ ।

थाइल्याण्डको संवैधानिक अदालतले पिताको प्रधानमन्त्री बन्न पाउनुपर्ने दावीसहित दायर गरिएको मुद्दाको सुनुवाइ गर्न अस्वीकार गरेको हो । यो फैसलाले थाइल्याण्डलाई मे महिनामा भएको आम निर्वाचनपछि राज्यमा व्याप्त राजनीतिक गतिरोध अन्त्य गर्ने दिशामा एक कदम अगाडि बढाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“संवैधानिक अदालत सर्वसम्मत रूपमा यो मुद्दालाई सुनुवाइका लागि स्वीकार नगर्न सहमत भएको छ,” अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ । अदालतको यो कदमसँगै बुधबार अपरान्ह नै प्रतिनिधि सभाका सभामुख वान मोहम्मद नूर माथाले प्रधानमन्त्रीका लागि अर्को मतदान अगस्ट २२ मा हुने घोषणा गरेका छन् ।

पिताको मुभ फरवार्ड पार्टी (एमएफपी) ले मे महिनामा भएको चुनावमा सबैभन्दा बढी सिट जितेको थियो र युवा र सहरी थाईहरूको समर्थनको लहर चलाएर लगभग एक दशकको सेना समर्थित शासनको अन्त्यको संकेत गरेको थियो ।

तर, हार्वर्डमा पढेका ४२ वर्षीय पिताले शाही अपमानसम्बन्धी कानुन र व्यापारिक एकाधिकारमा सुधार गर्ने वाचा गरेका कारण परम्परावादी शक्तिको साँठगाँठका कारण प्रधानमन्त्री बन्ने प्रयासमा उनी असफल बन्नुपरेको हो ।

प्रधानमन्त्रीको पहिलो मतदानमा संसदले उनलाई अस्वीकृत गरेपछि दोस्रो पटक प्रधानमन्त्रीको लागि उम्मेदवारी दिएपनि जुलाई १९ मा उनलाई संवैधानिक अदालतले सन् २००७ देखि प्रशारण बन्द भएको आईटीभीमा सेयर रहेको कारण सांसद हुन अयोग्य घोषणा गर्दै दोस्रो मतदान हुनुभन्दा पहिले उनलाई सांसद पदबाट निलम्बन गरेको थियो ।

अदालतको उक्त निर्णयमाथि पुनरावेदन गर्दै दायर मुद्दामाथि सुनुवाइ गर्नु आवश्यक नरहेको जिकिरसहित उनको मुद्दा खारेज गरिदिएको हो । संसद्ले पितालाई दोस्रो पटक मतदान गर्न अस्वीकार गरेको संवैधानिकतामा मुद्दा केन्द्रित थियो ।

निर्वाचनमा दोस्रो स्थानमा आएको निर्वासित पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको फेउ थाई पार्टीले अब एमएफपीको सहभागिताबिना नै बहुदलीय गठबन्धन सरकारको नेतृत्व गर्ने भएको छ । फेउ थाईले बिजनेस टाइकुन श्रेता थाभिसिनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनेछ र पार्टीले उनलाई अनुमोदन गर्न सबैबाट पर्याप्त मत प्राप्त हुनेमा विश्वस्त रहेको बताएको छ।

प्रधानमन्त्री बन्नका लागि संसदको ५०० निर्वाचित सांसद र गत जुन्टाअन्तर्गत नियुक्त २५० सिनेटर गरी दुवै सदनको बहुमतले अनुमोदन गर्नुपर्छ । पिताले सिनेटरहरूबाट पर्याप्त समर्थन जुटाउन असफल भएको र धेरै पार्टीहरूले एमएफपीसहित कुनै पनि सरकारमा आफ्नो भूमिका नखेल्ने बताएका थिए ।

गत साता निवर्तमान सेना समर्थित सरकारमा सहभागी रहेको भुम्जैथाई पार्टी फेउ थाईको नयाँ गठबन्धनमा सामेल भएको थियो । सन् २०१९ मा थाइल्यान्डमा भाङलाई वैधानिकता दिने चुनावी वाचा पूरा गरेका भुम्जाइथाइले यसअघि एमएफपीसहितको गठबन्धनमा सामेल हुन अस्वीकार गरेका थिए । एजेन्सी

GBIME

प्रतिक्रिया दिनुहोस्