Shikhar Insurance

आर्टिफिसियल इन्टेलिजेन्ससहितको ईकेवाईसी ल्याइँदै, कसरी रोक्छ ‘बोरे’ प्रवृत्ति ?

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार १०:१६
NIMB
Nabil Bank

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आर्टिफिसियल इन्टेलिजेन्स(एआई)सहितको ईकेवाईसी ल्याउन लागेको छ । ईकेवाईसीको माध्यमबाट मानिसको अनुहार चिन्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग हुने गरि काम अघि बढाइएको सिडिएसीका सिइओ पूर्ण प्रसाद आचार्यले सिंहदरबारलाई बताए । ‘१६ वर्षको मान्छेले नागरिकता बनाउँछ, ७० वर्षको उमेरसम्म कारोबार गर्छ, हामी त्यसलाई पनि पहिचान गर्न सक्ने गरि आउँदैछौं’, सिइओ आचार्यले भने ।

७० लाख तथ्यांकलाई व्यवस्थापन गर्ने क्षमतासहितको प्रविधि आउने पनि उनले बताए । केहि दिनमै एक महिना अवधीको ठेक्काको सूचना निकाल्ने र त्यसको १५ दिनभित्र ठेक्का लगाईसक्ने तयारी भएको उनले बताए । कम्पनी छनौटपछि प्रणाली विकासका लागि ४ महिना समय लाग्ने बताउँदै सिडिएसका लागि आवश्यक हार्डवेयर खरिद गर्न आगामी बजेट कुर्नुपर्ने अवस्था रहेको पनि उनले बताए । साउनमा हार्डवेयर खरिद प्रक्रिया थाल्ने, भदौमा ईकेवाइसी परिक्षण गर्ने, असोज भित्र हार्डवेयर आइसक्यो भने पुसदेखि ईकेवाइसी कार्यान्वयनमा आउने आचार्यले सुनाए ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सिडिएससँग नेटवर्क नभएकाले बैंक, ब्रोकर वा अन्य निजी कम्पनीहरुलाई दिनुपर्ने बाध्यता रहेको बताउँदै सिडिएसीले सर्भर राखेर नियन्त्रण भने आफैं गर्ने बताए । कसैले नक्कली खाता खोलेर सेयर किनबेचमा संलग्न भएमा प्रविधि उपलब्ध गराउने कम्पनीलाई नै जिम्मेवार बनाउने पनि उनले बताए । उनले हाल १० प्रतिशत जति बोरेहरु बजारमा हुन सक्ने अनुमान गरिएको तर एकिन तथ्यांक भने निकाल्न नसकिएको स्पष्ट पारे ।

अहिले भन्दा कति फरक ?
सम्बन्धित व्यक्ति उपस्थित भएर ईकेपाईसी भर्नुपर्छ । गलत व्यक्तिको नामबाट कारोबार भएको भेटिए सप्लायर कम्पनी नै जिम्मेवार हुनेछ । पुराना डिम्याट खाताधारीहरुले पनि निश्चित समयभित्रै आफैं उपस्थित भएर ईकेवाइसी भर्नुपर्छ । एउटा व्यक्तिले एउटा भन्दा बढी खाता खोल्न सक्दैन् । एउटा व्यक्तिको डकुमेन्ट प्रयोग गरेर अर्काे व्यक्तिले खाता खोल्दै सक्दैन् ।

अहिले यस्तो छ प्रवृत्ति
अहिले मेरो नामबाट अरुले सेयर कारोबार गरेछ भन्दै उजुरी लिएर आउँछन् । हामीले कारवाहीको प्रक्रिया अघि बढाउन नपाउँदै ‘हामी त मिल्यौं’ भन्दै जान्छन् । कतिपय अवस्थामा बैंक तथा वित्तिय संस्थामा रहेका खातावालाहरुको विवरणको फोटो कपी गरेर डिम्याट खोलेर सेयर भर्ने प्रवृत्ति पनि छ भन्ने सुनिएको छ । तर हामीले ठोस प्रमाण भने फेला पारिसकेका छैनौं ।

म ६ महिना देखि सिडिएसको नेतृत्वमा छु । दैनिक औषत ३ वटा उजुरी आउँछन् आफ्नो खाताको दुरुपयोग भयो भन्दै । तर कारवाही गर्ने ठाउँमा पुग्नै नपाई आफैं उजुरी फिर्ता गरेर मिल्छन् । त्यसकारण पनि बोरे पत्ता लगाउन मुस्किल भैरहेको छ । मैले बिक्रि प्रबन्धकहरुलाई बिटो बनाएर आवेदन ल्याउनेहरुको सुक्ष्म निगरानी गर्न भनेको छु । यदि कसैले बिटो पारेर आइपीओ भर्न आयो भने राम्रोसँग हेर्नु भनेको छु । तर त्यसरी आउँदा चिनजानका कर्मचारी मार्फत काम गराउने रहेछन् ।

परिवारलाई कसरी छुट्याउने ?
ठ्याक्कै को नक्कली हो ? को सक्कली हो भनेर छुट्याउन पनि केहि मुस्किल नै रहेछ । एउटा व्यक्तिले आफ्नो परिवारका चार पाँच सदस्यको खाता खोलेर उनीहरुको अनुमति मै सेयर भरिरहेको हुन्छ । खाता खोल्न उनीहरुको कागजात र औठाछाप लिएको हुन्छ । अब छोराछोरीले बाबु आमाको खाता उपयोग गर्न पाउने की नपाउने भन्ने प्रश्न पनि देखियो ।

तर अर्काको हस्ताक्षर गरेर, कागजातको दुरुपयोग गर्नेहरु भने कारवाहीको दायरामा आउनै पर्छ । हिजो मात्रै भारतमा अर्काको कागजात र खाता दुरुपयोग गरि सेयर कारोबार गर्नेलाई अदालतले ३ करोड रुपैयाँ जरिवाना गरिदिएको छ । हामी पनि केहि व्यक्तिलाई कारवाही गर्ने सोँचमा छौं । तर सुरुमा उजुरी लिएर आउँछन्, भोली पल्ट हामी त मिल्यौं भन्दै आउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्