Shikhar Insurance

अर्थतन्त्रमा मारवाडी समुदायले पुर्याएको योगदानको अवमूल्यन नहोस्ः बीसीसीआई

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १७:०६
NIMB
Nabil Bank

काठमाडौं । बीरगञ्ज उद्योग बाणिज्य संघले नेपालको अर्थतन्त्रमा मारवाडी समुदायको योगदानको अवमूल्यन हुन नहुने बताएको छ । पछिल्लो समय मारवाडी समुदायले अर्थतन्त्र तहसनहस पारेको आरोप लाग्न थालेको भन्दै बीसीसीआईले मुलुकको औद्योगीकरण, रोजगारी सृजना, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेको समुदायलाई अनावश्यक लाञ्छाना लगाउन नहुने बताएको हो ।

मारवाडी समुदायलाई अनावश्यक आरोप लगाउँदै एकोहोरो अपहेलना नगर्न बीसीसीआईले अनुरोध पनि गरेको छ । मुलुकमा जातिय क्षेत्रिय सद्भाव कायम गर्दै सबै समुदायको सहकार्यबाट नै मुलुकको समृद्धि यात्रा अघि बढाउन सकिने पनि बीसीसीआईले बताएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्