Shikhar Insurance

परिसंघले भन्योः अर्थतन्त्र मन्दीमा छ, श्रमिकलाई १७ हजार ३ सय तलब दिन सक्ने अवस्था छैन

सिंहदरबार संवाददाता
२०८० भाद्र १, शुक्रबार १७:१८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघले अर्थतन्त्र मन्दीमा रहेका बेला सरकारले श्रमिकहरुका लागि तोकेको १७ हजार ३ सय रुपैयाँ पारिश्रमिक दिन नसक्ने बताएको छ । सरकारले साउन १ गतेबाट लागू हुने गरि श्रमिकहरुको पारिश्रमिक न्यूनतम १७ हजार ३ सय रुपैयाँ कायम गरेको छ । हालसम्म श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ हजार ८ सय रुपैयाँ थियो ।

सरकारले श्रमिकको पारिश्रमिक बढाउने गरी गरेको निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै परिसंघले अहिले सो पारिश्रमिक दिन सक्ने अवस्था नरहेको स्पष्ट पारेको हो । ‘अर्थतन्त्र मन्दीमा छ । उच्च ब्याजदर, न्यून माग, न्यून उत्पादनका कारण निजी क्षेत्रकोे मनोबल घट्दो छ । उद्योगहरुको प्रकृतिअनुसार उत्पादनमा ७० प्रतिशतसम्म गिरावट आएको छ । उद्योगी व्यवसायीहरुले लगानीका योजना स्थगन गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थतन्त्र शिथिल बन्दै जाने, आन्तरिक उत्पादन नबढ्ने, उत्पादन भएपनि माग नहुने तर उत्पादन लागत बढ्दा त्यसको थप भार उद्योगहरुमाथि पर्नेछ । श्रमिकको न्यूनतम पारिश्रमिक बढाउने चाहना हुँदाहुँदै पनि विद्यमान समस्याका कारण हाल बढाइएको पारिश्रमिक दिन सक्ने अवस्थामा निजी क्षेत्र नरहेको परिसंघको धारणा छ’, परिसंघले भनेको छ ।

परिसंघले विद्यमान चुनौतीपूर्ण अवस्थामा सुधार ल्याइ अर्थतन्त्रलाई चलायमान बनाउन, समग्र बजार माग बढाउने नीति अलम्बन गर्न, उत्पादन लागत घटाउने तथा निजी क्षेत्रको मनोबल बढाउनेतर्फ अग्रसर हुन आग्रह पनि गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्