Shikhar Insurance

१९ बिमा कम्पनीलाई २/२ लाख जरिवाना तिराउँदै बिमा प्राधिकरण, यस्तो छ कारण

सिंहदरबार संवाददाता
२०८० भाद्र ७, बिहीबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बिमा प्राधिकरणले १९ वटा बिमा कम्पनीहरुलाइ नगद जरिवाना गर्ने भएको छ । प्राधिकरणले बिमा व्यवसायको झुठो विवरण पेश गरेका १९ कम्पनीलाई नगद जरिवाना गर्न लागेको हो । हरेक बिमा कम्पनीहरुले असार मसान्तमा बिमा व्यवसायको विवरण प्राधिकरणलाई बुझाउनुपर्ने व्यवस्था छ । सबै बिमा कम्पनीहरुले असार मसान्तका दिन प्राधिकरणको अनलाइन प्रणाली आईआरएमआईएसमा बार्षिक खाता बन्दीको विवरण पेस गरेका थिए ।

तर, प्राधिकरणले साउन १ गते गरेको स्थलगत निरीक्षणका क्रममा भने १९ वटै बिमा कम्पनीहरुको खाता बन्दी विवरण फरक देखिएको थियो । त्यसरी खाता बन्दी र स्थलगत निरीक्षणका क्रममा फरक फरक विवरण फेला परेका १९ वटै कम्पनीलाई साउन २९ गते पत्र लेखेर प्राधिकरणले स्पष्टीकरण सोधिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

‘त्यहाँ बिमकले कानुनबमोजिम जिम्मेवारी निर्वाह नगरी गलत तथ्यांक पेस गरेकाले बिमा ऐन, २०७९ को दफा ८३ समेतको उल्लंघन गरेका हुँदा बिमा ऐन, २०७९ को दफा १३८ बमोजिम जरिवानाको कारबाही किन नगर्ने ? त्यहाँ बिमकउपर उल्लेखित कारबाही हुन नपर्ने भए सबुद प्रमाणसहित चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न सोही ऐनको दफा १३९ को प्रयोजनार्थ यो सूचना गरिएको छ’, प्राधिकरणले बिमा कम्पनीहरुलाई लेखेको पत्रमा भनिएको छ । बिमा ऐनको दफा १३८ को उप दफा १९ मा झुठो विवरण पेस गर्ने कम्पनीहरुलाई पहिलो पटक २ लाख रुपैयाँ जरिवाना गराउने व्यवस्था छ ।

दोस्राेपटक त्यस्तो नियम उल्लंघन गरेमा २५ लाख र तेस्राे पटकदेखि हरेकपटक ५० लाख रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्