Shikhar Insurance

‘बहुपक्षीयताको संरक्षणमा ब्रिक्सको भूमिका महत्वपूर्ण’

सिंहदरबार संवाददाता
२०८० भाद्र ८, शुक्रबार १४:१०
NIMB
Nabil Bank

बेइजिङ । बिहीबार दक्षिण अफ्रिकामा सम्पन्न भएको ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य रहेको १५औं ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स संयन्त्रको गतिशीलता, यो बहुपक्षीय मञ्चको विकासको प्रवर्द्धन, बहुपक्षीयताको संरक्षण र विश्वव्यापी शासन सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बहुपक्षीयताका जानकारहरूले बताएका छन् ।

सङ्गठनको ऐतिहासिक विस्तारका क्रममा अर्जेन्टिना, इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स थपिएपछि ब्रिक्स सहयोग संयन्त्रमा जीवन्त, विश्व शान्ति र विकासका लागि सहयोगी हुने धारणा उनीहरूले व्यक्त गरेका छन् । नयाँ सदस्य देश आगामी जनवरी १ देखि पूर्ण सदस्य बन्नेछन् र तिनले सङ्गठनमा नयाँ ऊर्जा प्रवाह गर्ने उनीहरूको अपेक्षा छ ।

Citizen Life
Kumar Bank
Nepal Life

विश्व अर्थतन्त्रले गति लिन नसकेको कठिन समयको पृष्ठभूमि तथा कोभिड–१९ महामारीको गम्भीर चुनौतीलाई पन्छाउँदै पहिलोपटक भौतिकरूपमा भएको १५औँ शिखर सम्मेलनले ब्रिक्स देशबीचको ऐक्यबद्धता र सहयोगलाई बढाएको छ ।

वर्तमान अन्तरराष्ट्रिय परिदृश्यलाई आकार दिन, न्यायपूर्ण, समतामूलक विश्व व्यवस्था निर्माणका निम्ति सकारात्मक भूमिका निर्वाह गर्ने सामथ्र्य भएकोे ब्रिक्सले विश्व जनसङ्ख्याको ४२ प्रतिशत र विश्वव्यापी कुल गार्हस्थ्य उत्पादनको एक चौथाई भाग ओगटेको छ । साङ्घाइमा रहेको नयाँ विकास बैंक र आकस्मिक कोष प्रवाहको व्यवस्थाले ब्रिक्स संयन्त्रअन्तर्गत फलदायी एवम् व्यावहारिक सहयोगको बढाउन सहज हुनेछ ।

खुलापन, समावेशीता र सबै पक्षलाई लाभ हुने सहयोगको भावनालाई समर्थन गर्दै ब्रिक्स संयन्त्रले उदीयमान अर्थतन्त्र र विकासशील देशलाई प्राथमिकतामा राखेको छ । सबै विकासशील देशको प्रतिनिधित्व गर्ने सहयोगी मञ्चलाई पारस्परिक एकताको माध्यमबाट अझ सबल एवम् सहयोगी बनाउनुपर्नेमा चिनियाँ राष्ट्रपति सी चिनफिङले जोड दिएका छन् । एएफपी

GBIME

प्रतिक्रिया दिनुहोस्