Shikhar Insurance

धितोपत्र बोर्डका अध्यक्षद्वारा सेयरप्रो सेक्युरिटिजकाे उद्घाटन

सिंहदरबार संवाददाता
२०८० भाद्र ८, शुक्रबार १४:५४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयरप्रो सेक्युरिटीज प्रालि(सेयर दलाल नं.६५)को शुक्रबार औपचारिक उद्घाटन गरेका छन् । उक्त कम्पनीले गत जेठमा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी सेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

उद्घाटन कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिँदै उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै सेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जाने विश्वास व्यक्त गरे । उनले ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगतिमा भर पर्ने कुरामा जोड दिए ।

Citizen Life
Kumar Bank
Nepal Life

आफ्नो उद्घाटनको शुभ उपलक्ष्यमा कम्पनीले साता व्यापी कार्यक्रम शुभारम्भ सप्ताह समेत सार्वजनिक गरेको छ । यो कार्यक्रम आज भदौ ८ गते शुक्रबारदेखि १५ गतेसम्म (शनिबार तथा सार्वजनिक बिदाको दिनसमेत) बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कम्पनीको कार्यालय ढल्कुमा रहेकाे छ ।

कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्