Shikhar Insurance

आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्दा १५० छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र ८, शुक्रबार १५:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पेले’ एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै “विकेट टु विन” अफर सार्वजनिक गरेको छ ।

यही भदौ ८ देखि भदौ १२ सम्म, ५ दिनसम्म चल्ने सो अफरअन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत टेलिभिजनको बिल भुक्तानी गर्ने क्रममा ‘एसिया कप’ प्रोमो कोडको प्रयोग गरी १ सय ५० रूपैयाँसम्म छुट प्राप्त गर्न सक्ने छन्।

Citizen Life
Kumar Bank
Nepal Life

साथै यस अफरमा सहभागी हुनुहुने ग्राहक मध्ये भाग्यशाली एक जनाले डिशहोमको फाइबर नेटको एक वर्षको निःशुल्क सब्सक्रिप्सन पनि जित्न सक्नु हुनेछ । यो अफरले क्रिकेट प्रेमी दर्शकको उत्साहलाई थप उर्जा प्रदान गर्ने विश्वास लिएको आइएमई पेका सीइओ प्रवीण रेग्मीले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्