Shikhar Insurance

माण्डु हाइड्रोको आईपीओ खुल्यो, कति भर्ने ?

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार ०८:२९
NIMB
Nabil Bank

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्काशन गरेर बाडफाँट गरिसकेपछि आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । आयोजना प्रभावित स्थानीयका लागि जारी भएको आईपीओ मध्ये ७९ हजार ३० कित्ताका लागि भने आवेदन परेको थिएन् ।

भदौ १० बाट निष्काशन सुरु भएको माण्डुको प्रिमियम मूल्य वाला आईपीओमा भदौ १३ गतेसम्म आवेदन दिन सकिन्छ । माण्डुले प्रति कित्ता १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरेर २०६ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति पाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कुल सेयरमध्ये ७२ हजार १३३ कित्ता सामूहिक लगानी कोष र २८ हजार ८५३ कित्ता कर्मचारीलाई छुट्याएर बाँकी १२ लाख ५ हजार ३२० कित्ता सेयर आम सर्वसाधारणमा जारी गरेको हो ।

आईपीओमा न्यूनतम १० देखि अधिकतममा ५० हजार कित्तासम्म आवेदन दिन पाइन्छ । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । माण्डुको आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम देखाउँछ ।

कम्पनीले मकवानपुर जिल्लामा निर्माण गरि २२ मेगावाटको बागमती साना जलविद्युत आयोजना अहिले सञ्चालनमा रहेको छ । यस आयोजनाको कुल लागत ४ अर्ब १ करोड ९४ लाख ३७ हजार २५८ रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल लागत १८ करोड २७ लाख रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्