Shikhar Insurance

ङादी ग्रुप पावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न आयोगको स्वीकृती

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । ङादी ग्रुप पावरलाई हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न विद्युत नियमन आयोगले स्वीकृति दिएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात् पुरानो १ कित्ता सेयर बराबर नयाँ १ कित्ता (१ः१ को अनुपात) मा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

आयोगको भदौ ७ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्न स्वीकृति दिने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

ङादी कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । आयोगले सोही पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर बिक्री गर्न कम्पनीलाई स्वीकृति दिएको हो ।

यसअघि कम्पनीको साउन १४ गते बसेको विशेष साधारण सभाले हकप्रद सेयर प्रस्ताव पारित गरेको थियो । ङादी कम्पनीले अब नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि हकप्रद सेयर जारी गर्नेछ । शतप्रतिशत हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्