Shikhar Insurance

सुजुकी जिम्नी गाडीकाे नेपालमा डेलिभरी सुरु, यस्ता छन् विशेषता

सिंहदरबार संवाददाता
२०८० भाद्र ११, सोमबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । सुजुकी फाेरवीलर नेपालकाे  आधिकारिक विक्रेता सिजी मोटोकर्प तथा सिजी नेक्स्टजेनले  अन्तर्राष्ट्रिय बजारकाे बहुप्रतिस्थित एसयूभी जिम्नी “द अल्टिमेट अफ रोडर“ को  वितरण नेपालमा  सुरु गरेको छ ।  जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक  रहेका वितरकले जनाएकाे छ ।

सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी-ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ । यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ । अफ-रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्टप्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएकाे  छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका अनुसार ,“ ५-ढोके सुजुकी जिम्नीकाे भारतिय वजारमा उच्च माग रहेको छ, जसको कारण यसको वेटिंग पिरेडमा पनि निकै समय लाग्ने गरेकाे  छ । यसको लम्बाई ३६४५ एमएम, चौडाई १६४५ एमएम र उचाई १७२० एमएम रहेको छ । ३७७ लिटर लगेज स्पेश, ठूलो लेगरुम, २२५० एमएमको ह्वीलवेश उपलब्ध जिम्नीको इन्टेरियर पनि उत्कृष्ट रहेको छ ।

यसमा वाइप(डाउन इन्टेरियर, हिल डिसेन्ट कन्ट्रोल, एन्टी-स्क्राच प्लास्टिक बम्पर, क्लाइमेट कन्ट्रोल नभ, आकर्षक तथा कम्फर्टेवल सिट, ह्वील आर्क-स्पार्टजस्ता फिचर दिइएको छ ।

चालकको सुरक्षालाई ध्यानमा राख्दै यसमा एयरब्याग, एबीएस, इबीडी, डिस्क ब्रेक, ब्रेक एसिस्ट जस्ता फिचर दिइएको छ । यसका साथै १५ इन्च अलोय ह्वील, एलइडी हेडलाइट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, एन्ड्रोइड र एप्पल कार प्ले सपोर्ट लगायतका विशेषता पाउन सकिन्छ ।

जिम्नीमा १.५ लिटर फोर सिलिन्डर इन्जिन दिइएको छ । फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो एसयूभी म्यानूयल र अटोमेटिक दुबै ट्रान्समिशनमा उपलब्ध रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्