Shikhar Insurance

सानिमा रिलायन्सका एमडीआरटी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान

सिंहदरबार संवाददाता
२०८० भाद्र ११, सोमबार १८:२०
NIMB
Nabil Bank

काठमाडौं । सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सले आ. व. २०७९।८० मा उत्कृस्ट जीवन बीमा व्यवसाय गरेर एमडीआरटी हासिल गर्ने ६ जना एजेन्सी म्यानेजरहरु विस्वव्यापी सम्मेलनमा भाग लिन सिंगापुर प्रस्थान गरेका छन् ।

सम्मेलनमा भाग लिन जानेमा अभिकर्ताहरु नमिता न्यौपाने, श्याम गुरुङ, भावना तिम्सिना, हिमालदेवी गुरुङ, सिता भट्टराई र कल्पना बिष्ट रहेका छन् । कम्पनीले एक कार्यक्रमको आयोजना गरेर एमडीआरटी हासिल गर्ने अभिकर्ताहरुलाई बिदाई गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

एमडीआरटी भनेको अभिकर्ताहरुको विस्वव्यापी संजाल हो जसमा भाग लिनको लागि जनवरी देखि डिसेम्बरसम्म तोकिएको बीमा शुल्क संकलन गर्नुपर्ने हुन्छ । यस संस्थामा हालसम्म ७२ देशका ५०० कम्पनी आबद्ध भएका छन् । बीमा अवधि र बीमाको किसिम लगायत विभिन्न मापदण्ड मार्फत उक्त रकम हासिल गर्न सफल भएपछि मात्र कार्यक्रममा भाग लिन पाउने व्यवस्था रहेको हुन्छ ।

सन् २०२२ का लागि नेपाललबाट एमडीआरटीमा भाग लिनको लागि ३७ लाख ९२ हजार तीन सय रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नु पर्ने लक्ष्य रहेको थियो । सिओटीका लागि भने १ करोड १३ लाख ७६ हजार रुपैयाँ र टिओटीका लागि २ करोड २७ लाख ५३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गर्नुपर्ने प्रावधान रहेको थियो ।

यस संस्थाको लक्ष्य हासिल गर्नुलाई हरेक अभिकर्ताको प्रतिष्ठाको विषयको रुपमा लिइन्छ । अभिकर्ताहरुको क्षमता अभिवृद्धिका लागि यस संस्थाको सम्मेलन महत्वपूर्ण मानिन्छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडीआरटीलाई उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्मको रुपमा रहेको हुँदा सम्पूर्ण सफल अभिकर्ताहरु प्रति कम्पनी आभार व्यक्त गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्