Shikhar Insurance

तीन सन्तानलाई सम्पति अंशबण्डा गरिदिँदै मुकेश अम्बानी ! ‘अवकास’को तयारी

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । भारतको रिलायन्स इण्डष्ट्रीका मालिक मुकेश अम्बानीले आफ्नो सम्पति अंशबण्डा गरेर तीन सन्तानलाई जिम्मेवारी दिने घोषणा गरेका छन् । रिलायन्सले प्रेस वक्तव्य जारी गरेर आफ्नो संगठनमा नयाँ परिवर्तन र जिम्मेवारी बाडफाँट गर्न लागेको जानकारी दिएको हो । मुकेश अम्बानीले आफ्ना तीनै सन्तानलाई रिलयान्स इण्डष्ट्रीजको निर्देशक मण्डलमा सामेल गराएका छन् भने नीता अम्बानीलाई निर्देशक बोर्डबाट बाहिर राखेका छन् ।

रिलायन्सले आफ्नो बार्षिक समिक्षा बैठक मार्फत जिम्मेवारी हेरफेर र नयाँ योजनाबारे छलफल गरिरहेको छ । यहि बैठक र छलफलबाट रिलायन्ससँग जोडिएका ग्रुप र लगानीकर्ताहरुको भविष्य निर्धारण हुनेछ । सोमबारको बैठकमा मुकेश अम्बानीले आफ्ना तीनै सन्तान क्रमशः आकाश अम्बानी, अनन्त अम्बानी र ईशा अम्बानीलाई निर्देशक मण्डलमा नियुक्त गर्नेबारे छलफल गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले अन्य सेयरधनीहरुसँग यो नियुक्तीका लागि स्वीकृति दिन आग्रह पनि गरे । यहि बैठकबाट मुकेशकी पत्नि नीता अम्बानीले निर्देशक मण्डलबाट दिएको राजीनामा पनि स्वीकृत भयो । सेयरधनीहरुले स्वीकृति दिएपछि मुकेशका तीनै सन्तान रिलयान्स इण्डष्ट्रीजको निर्देशक मण्डलमा सामेल हुनेछन् । कम्पनीका अनुसार आकाश, अनन्त र ईशाले यस अघि नै अलग अलग जिम्मेवारी भने सम्हालिरहेका थिए ।

मुकेशका जेठा छोरा आकाशले टेलिकम क्षेत्रको जिम्मेवारी सन २०१४ देखि नै सम्हालिरहेका छन् । सन २०२२ मा उनी जियो रिलायन्सको अध्यक्ष बने । ब्राउन युनिभर्सीटीबाट अर्थशास्त्रमा स्नातक गरेका आकाशले त्यो टिममा थिए जसले सन २०२२ मा जियोको डिजिटल युनिटमा फेसबुकको स्वामित्ववाला कम्पनी मेटाले ५.७ अर्ब डलर लगानी ल्याएको थियो । यसैबाट आकाशले विश्वस्तरिय लगानीकर्ता केकआर र टीपीजीसँग मिलेर सम्झौताका लागि भूमिका निभाए । अकाशले आइपीएलमा मुम्बई इण्डियन्स टिमको पनि व्यवस्थापन हेर्छन् ।

सन २०१९ मा आकाश अम्बानीको बिवाह हिरा व्यापारीकी छोरी श्लोका मेहतासँग भएको थियो । आकाशको जुम्ल्याहा बहिनी ईशा अम्बानी भने रिलयान्स इण्डष्ट्रीजको रिटेल, ईकमर्श र लक्जरी व्यवसायी सम्हाल्छिन् ।
रिलायन्सका अनुसार ईशाले सम्हाल्ने रिटेल व्यवसायको आम्दानी भारतमै सबै भन्दा धेरै छ । अमेरिकाको स्टेनफोर्ड युनिभर्सीटीमा व्यवस्थापन संकाय अध्ययन गरेकी ईशाले यल युनिभर्सीटीबाट मनोविज्ञान पनि पढेकी छिन् ।
ईशाले पछिल्लो समय मुम्बईमा नीता मुकेश अम्बानी कल्चरल सेन्टर बनाउन पनि भूमिका निर्वाह गरेकी थिइन् ।

मुकेशका कान्छा छोरा अनन्त अम्बानीले ब्राउन युनिभर्सीटीबाट स्नातक गरेका छन् । २७ बर्षिय अनन्तले सन २०२० को मार्च महिनादेखि जियोको निर्देशक मण्डलमा बसेर काम गरिरहेका छन् । उनी सन २०२२ देखि रिलायन्स रिटेलका पनि निर्देशक छन् । यस बाहेक अनन्तले रिलायन्स समुहको उर्जासँग जोडिएका व्यवसायहरु पनि हेरिरहेका छन् । जसलाई सन २०३५ सम्ममा जिरो कार्बन उत्सर्जन कम्पनी बनाउने भनिएको छ ।

बार्षिक बैठकका दौरान दिईएको जानकारीमा मुकेशले भनेका छन्–आज म ईशा, आकाश र अनन्तमा आफ्नो र बुवाको झलक देखिरहेको छु, तीनै सन्तानहरुमा म धिरुभाई अम्बानीको चमक देखिरहेको छु ।’ उनले आफ्ना तीनै सन्तानहरुलाई जिम्मेवारी सम्हाल्नका लागि तयारी गर्न आफुले निरन्तर मेहनत गरेको पनि बताए ।

‘म कम्पनीको अध्यक्ष र प्रबन्ध निर्देशकका रुपमा आगामी पाँच बर्षसम्म उत्साहका साथ जिम्मेवारी निमाउन जारी राख्नेछु ।’ मुकेशले सन २०२१ मै आफ्नो उत्तराधिकारीका बारेमा खुलेर बताएका थिए । पछिल्लो बर्ष मुकेशले भारतको सबै भन्दा ठूलो टेलिकम कम्पनी रिलायन्स जियो इन्फोकम लिमिटेडको जिम्मेवारी आफ्ना जेठा छोरा आकाशलाई दिएका थिए । रिटेल व्यापार भने छोरी ईशालाई सुम्पेका थिए । आफ्नो कान्छो छोरो अनन्तलाई भने उर्जाको व्यापार जिम्मा लगाएका थिए ।

रिलायन्सले अहिले मुलतः तीन क्षेत्रमा लगानी गरिरहेको छ, इन्धन, टेलिकम र रिटेल व्यापार । मुकेशले आफ्ना सन्तानहरुलाई एक एक क्षेत्रको जिम्मेवारी दिएका छन्, र तीनै कम्पनीहरुको वित्तिय आकार लगभग समान जस्तै छ । रिलायन्सले भर्खरै वित्तिय क्षेत्रमा लगानी गरेको छ, जसको बोर्ड सदस्यमा ईशा अम्बानी छिन् । मुकेशले आफ्ना सन्तानहरुको काँधमा व्यवसायहरुको पुरै जिम्मेवारी दिनेबारे पनि योजना बनाईरहेको बताउने गरेका छन् ।

सन २०० मा रिलायन्सका संस्थापक धिरुभाई अम्बानीको निधन भएपछि उनका दुई छोरा मुकेश र अनिलका बीच उत्तराधिकारीका बिषयमा संघर्ष भएको थियो । लामो संघर्षपछि सन २००५ मा मुकेश र अनिलले सम्पति बाडफाँट गरेका थिए । जसमा तेलको व्यापार मुकेश लिए भने टेलिकमको व्यापार अनिलले लिएका थिए ।

अनिललाई उर्जा, वित्तिय क्षेत्र समेत प्राप्त भएको थियो । मुकेशले आफुलाई एशियाको सबै भन्दा धनी व्यक्तिका रुपमा स्थापित गरे भने अनिल अम्बानीले बेलायती अदालतमा पुगेर सन २०२० मा आफ्नो सम्पति शुन्य भएको बताए । पछिल्ला दिनहरुमा भने दुईभाई बीचका कटुता कम हुँदै गएको छ । सन २०१९ मा मुकेशले अनिललाई जेलबाट जोगाउन ७७ मिलियन डलर तिर्न मदत गरेका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्