Shikhar Insurance

चुच्चे नक्सा स्वीकार नगरेपछि बालेनद्वारा चीनको भ्रमण रद्द

सिंहदरबार संवाददाता
२०८० भाद्र १४, बिहीबार १३:५६
NIMB
Nabil Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले चीनको भ्रमण रद्द गरेका छन् । चीनले नेपालको चुच्चे नक्सालाई स्वीकार नगरेको भन्दै बालेनले आफ्नो पाँच दिने चिन भ्रमण रद्द गरेका हुन् । चीनले प्रकाशित गरेको आफ्नो नक्सामा नेपालसहितका छिमेकी देशहरु पनि समेटेको छ । तर, त्यसमा नेपालको चुच्चे नक्साको साटो पुरानै नक्सा समेटेपछि नेपालमा चीनको आलोचना भइरहेको छ । चीनले नेपालको भूगोललाई भारतमा देखाएकाले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय लिएको बालेनले बताएका छन् ।

यस्तो लेखेका छन् बालेनले फेसबुकमा
हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं ।
केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं ।
त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु ।

GBIME

प्रतिक्रिया दिनुहोस्