Shikhar Insurance

यी हुन् सरकारलाई सबैभन्दा बढी कर तिर्नेहरू

सिंहदरबार संवाददाता
२०७७ चैत्र २०, शुक्रबार १४:२८
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आव २०७५/७६ मा सबैभन्दा बढी कर तिर्नेहरूलाई सम्मान गरेको छ । करदातालाई प्रोत्साहित गर्ने भन्दै आन्तरिक राजस्व विभागले अघिल्लो आवको विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मानित गरेको हो ।

आव २०७५/७६ मा १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदाता सम्मानित भए । कोको भए सम्मानित ?

Citizen Life
Kumar Bank
Nepal Life

सबैभन्दा बढी कर तिर्ने : सूर्य नेपाल

सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने : विजय कुमार शाह

निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर तिर्ने : डाबर नेपाल

विशेष उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने : हिमाल पावर

कृषि एवं पशुपन्छीजन्य उद्योगमध्ये सबैभन्दा बढी आयकर तिर्ने : अन्नपूर्ण एग्रो इण्डष्ट्रिज

बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी आयकर तिर्ने : नबिल बैंक

सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्ने : छिमेक लघुवित्त वित्तीय संस्था

बढी आयकर तिर्ने बीमा कम्पनी : नेपाल पुनर्बीमा कम्पनी

स्वास्थ्य तथा शिक्षा सेवामध्ये सबैभन्दा बढी कर तिर्ने : मनिपाल एजुकेसन एन्ड मेडिकल ग्रुप नेपाल

पर्यटन व्यवसायमध्ये सबैभन्दा बढी कर तिर्ने : तारागाउँ रिजेन्सी होटल

विप्रेषणको कारोबार गर्नेमध्ये सबैभन्दा बढी आयकर तिर्ने : आइएमई

व्यापार व्यवसायतर्फ सबैभन्दा बढी कर तिर्ने : अग्नी इन्कर्पोरेटेड

मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्र भित्र (वार्षिक पाँच करोडदेखि ४० करोड रुपैयाँसम्म कारोबारमा) सबैभन्दा बढी कर तिर्ने : कामना सेवा विकास बैंक

आन्तरिक राजश्व कार्यालयको कार्यक्षेत्र भित्र (वार्षिक पाँच करोडसम्म कारोबारमा) बाट सबैभन्दा बढी आयकर तिर्ने : भीएफ सर्भिसेस (मोरिसस)

मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्कृष्ट कर सहभागिता भएको करदता : घोराही सिमेन्ट इन्डष्ट्रिज

GBIME

प्रतिक्रिया दिनुहोस्