Shikhar Insurance

‘भारतलाई सुरक्षा परिषदबाट बाहिर राख्दा राष्ट्रसंघको विश्वसनीयतामा प्रश्न उठ्छ’

सिंहदरबार संवाददाता
२०८० भाद्र १४, बिहीबार १७:४६
NIMB
Nabil Bank

नयाँदिल्ली । भारतका विदेशमन्त्री एस जयशंकरले भारतलाई संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को स्थायी सदस्यता प्रदान नगर्दा संयुक्त राष्ट्रसंघकै विश्वसनीयतामा प्रश्न उठ्ने बताएका छन् ।

दिल्ली विश्वविद्यालयमा आज आयोजित एक कार्यक्रममा विदेशमन्त्री जयशंकरले दोस्रो विश्वयुद्धको समयमा गठन भएको विश्वसंस्थामा त्यतिबेला ५० सदस्य राष्ट्र मात्र रहेका तर अहिले १ सय ९३ देश सदस्य रहेकाले परिवर्तित समयअनुरुप राष्ट्रसंघको संरचनामा परिवर्तन आवश्यक भएको बताए । उनले भिटो शक्तिमा निहित पाँच स्थायी सदस्यलाई यात्रीवाहक बसको पहिलो पङ्क्तिमा बस्ने यात्रीका रुपमा तुलना गर्दै उनीहरूले आफ्नो ठाउँ नछोड्ने बताए।

Citizen Life
Kumar Bank
Nepal Life

अफ्रिकी, ल्याटिन अमेरिकी र जनसङ्ख्याका हिसाबले विश्वको सबैभन्दा ठूलो देश र पाँचौं ठूलो अर्थतन्त्रलाई भारतलाई सुरक्षा परिषद्बाट बाहिर राख्न नसकिने तर्क गर्दै त्यस गरेमा संयुक्त राष्ट्रसंघकै विश्वसनीयतामा प्रश्न उठ्ने विदेशमन्त्रीले दोहोर्याए ।

ब्राजिल, रुस, भारत, चीन र दक्षिणअफ्रिका सम्मिलित ब्रिक्सले सुरक्षा परिषद्को सदस्यता परिवर्तन गर्नुपर्छ भनेर पहिलोपटक बोलेको बताउँदै विदेशमन्त्री जयशंकरले इतिहास भारतको पक्षमा रहेको र उक्त अन्तर्राष्ट्रिय संस्थामा परिवर्तन आउने विश्वास व्यक्त गरे । “केही शक्तिले भारत सुरक्षा परिषद्को सदस्य नबनोस् भनेर हामीविरुद्ध लागे पनि एक दिन हाम्रो अवश्य विजय हुनेछ,” कुन शक्ति राष्ट्र भारतका विरुद्धमा लागेको हो भन्ने स्पष्ट उल्लेख नगरी उनले भने । एएनआई

GBIME

प्रतिक्रिया दिनुहोस्