Shikhar Insurance

सिटिजन लाइफको प्रिमियम आईपीओ आजदेखि खुला, मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८० भाद्र १५, शुक्रबार ०८:२२
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम मूल्यको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले सर्वसाधारणलाई प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १ सय ४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २ सय ४४ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले आफ्नो जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमध्ये ५ प्रतिशतले हुने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशतले हुने ११ लाख २५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

बाँकी रहेको ९० लाख कित्ता सेयर भने सर्वसाधारण लगानीकर्ताका लागि आजदेखि बिक्री खुला भएको हो ।

सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ । सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटल लिमिटेडले गरी रहेको छ

 

GBIME

प्रतिक्रिया दिनुहोस्