Shikhar Insurance

के चिनियाँ अर्थतन्त्र बर्वादीको डिलमा पुगेको हो ?

निक शर्मा
२०८० भाद्र १५, शुक्रबार १२:१७
NIMB
Nabil Bank

काठमाडौं । पछिल्लो ६ महिनामा चीनको अर्थव्यवस्थाका लागि थुप्रै नकारात्मक खबरहरु लिएर आए । सुस्त विकास दर, युवाहरुको ऐतिहासिक बेरोजगारी दर, न्यून विदेशी लगानी, कमजोर मुद्रा र कमजोर निर्यातका अलवा सम्पत्ति(रियल सेक्टर) क्षेत्रको संकट यसमा प्रमुख छन् । अमेरिकी राष्ट्रपति जो बाइडनले चीनमा बढ्दो असन्तोषलाई संकेत गर्दै उसको आर्थिक भविष्यलाई ‘खतरनाक’ भएको आरोप लगाएका थिए ।

बाइडेनको आरोप प्रतिचिनियाँ राष्ट्रपति सी जिनपिङले कडा आलोचना गरेका थिए । सीले आफ्नो अर्थतन्त्र बलियो, जबरजस्त क्षमता भएको बताएका थिए । यस्तो अवस्थामा एउटा प्रश्न उठ्छ कि बाइडन र सीमध्ये कसले सही बोलिरहेको छ ? यसको जवाफ भने दुवै जनाको भनाइ अर्धसत्य अथवा बीचमा हुनसक्छ । यद्यपि अहिले चिनियाँ अर्थतन्त्र गिर्ने अवस्थामा छैन तर चीनले कहीँ न कहीँ गम्भीर चुनौतीको सामना भने गरिरहेकै छ ।

Citizen Life
Kumar Bank
Nepal Life

रियल स्टेटको संकट
चीनको आर्थिक समस्याको केन्द्रमा यहाँको प्रपटी मार्केट देखिन्छ । जबकि रियल स्टेट नै चिनियाँ सम्पत्तिकाे लगभग एक तिहाइ हुन्थ्यो । सिंगापुरको बिजनेस स्कुल इनसिडका अर्थशास्त्रका प्रोफेसर एन्टोनियो फैसट भने यसको कुनै अर्थ नरहेको दाबी गर्छन्।पछिल्लो दशकमा दौरान निजीकरणको लहरमा हिँडेका डेभलपर्सका कारण रियल स्टेट क्षेत्रमा जबरदस्त उछाल आएको थियो ।

तर, सन् २०२० मा कोरोना महामारी आएपछि संकटको क्रम सुरु भएको थियो । विश्वव्यापी कोराेना महामारी र घट्दो जनसंख्याका कारण रियल स्टेट क्षेत्रमा नकारात्मक प्रभाव पार्न सुरु भएको थियो । सन २००८ को आर्थिक संकटलाई हेरेर चिनियाँ सरकारले निजी डेभलपर्सका लागि कर्जाको सीमा सीमित गरिदिएको थियो । यसको असर उनीहरुले लिएको अर्बौं डलरको उधारो तिर्न व्यवसायी असफल भएका थिए ।

अब चीनमा घरहरुको माग घटेको छ र सम्पत्तिकाे मूल्य पनि घटेको छ । जसका कारण चीनका रियल स्टेट व्यवसायी पछिल्लो तीन वर्षमा झन गरिब भएका छन् । वेल्थ मेनेजमेन्ट फर्म नैटिक्सिमा एसियाका मुख्य अर्थशास्त्री एलिसिया गार्सिया हेरेरो भन्छिन्– चीनमा हालसम्म स्टक मार्केटमा लगानी गर्नु वा बैंकमा निक्षेप राख्नुभन्दा रियल स्टेटमा लगानी गर्नु फाइदामूलक देखिन्थ्यो ।

उनी थप्छिन्- यो धारणा थियो कि जिरो कोभिडपछि चीनका नागरिक बढी  खर्च गर्छन्, घुम्नेछन्, पेरिस जानेछन्, तर घरहरुको मूल्य घटेपछि उनीहरुलाई अहिले आफ्नो बचत बर्वाद भएको महसुस भइरहेको छ । त्यसकारण उनीहरु अहिले आफ्नो नगद बचाउने फैसला लिए ।

दोषपूर्ण आर्थिक मोडल
जानकारहरुका अनुसार रियल स्टेट क्षेत्रको यो संकटले चिनियाँ अर्थतन्त्र कसरी अघि बढिरहेको छ भन्ने स्पष्ट पार्छ । पछिल्लो तीन दशकमा चिनियाँ अर्थतन्त्रले शानदार सफलता हासिल गरेको थियो । यो अवधीमा सडक, पुल, रेल, कारखाना, हवाई मैदान र घरहरुको निर्माण ठूलो मात्रामा र तीव्र गतिमा भयो । यो सबै काम गर्ने जिम्मेवारी स्थानीय सरकारहरुलाई थियो ।

चीनलाई ‘निर्माण गर्ने गलत लत’ बसेको छ । त्यसको गतिलो उदाहरण भनेको म्यानमारको सीमानजिक लाखौं डलर खर्च गरेर निर्माण भइरहेको कोभिड-१९ संक्रमित राख्ने सेन्टरहरुको निर्माणलाई लिन सकिन्छ । ठूलो मात्रामा ऋणमा डुबेका स्थानीय सरकारहरु यो सेन्टर बनाउन जग्गा बेचेर स्रोत जुटाइरहेका छन् ।

निर्णायक मोड
चीनले यसअघि बनाएका कतिपय परियोजनाहरुलाई पनि धन बर्वाद बनाउने योजनाको उपनाम दिन थालिएको छ । चीनले अब आफ्ना नागरिकलाई समृद्ध बनाउने अन्य उपायहरु खोज्नुपर्ने आवश्यकता छ । प्रोफेसर फैटस भन्छन् कि अब चीन निर्णायक मोडमा छ । उनका अनुसार पुराना मोडलहरुले अब काम गर्न छाडेका छन् । तर, प्राथमिकता बदल्नका लागि चीनले गम्भीर संरचनात्मक र संस्थागत सुधार गर्नुपर्छ । उनी भन्छन् कि चिनियाँ अर्थतन्त्रमा वित्तीय क्षेत्रले थप योगदान दिनुपर्ने हो भने उसले नियमनको तरिका बदल्नुपर्छ । र, निजी क्षेत्रलाई बढी शक्ति दिनुपर्छ । यथार्थमा यसको उल्टो भइरहेको छ कि चीन सरकारले वित्तीय क्षेत्रमा आफ्नो पकडलाई थप बलियो बनाउँदै लगेको छ ।

पश्चिमी संस्कृतिबाट प्रभावित बैंकहरुलाई धमाधम कारबाही भइरहेको छ, देशकै ठूलो अलिबाबा कम्पनीमाथिको कारबाही त्यसकै एक गतिलो उदाहरण हो । यसको असर युवाहरुको रोजगारीमा पनि देखिन थालिसकेको छ । चीनमा लाखौं स्नातक युवा बेरोजगार छन् र ‘ह्वाइट कलर जब’ खोजिरहेका छन् । सन् २०२३ को जुलाईको तथ्यांकअनुसार देशमा १६ देखि २५ वर्ष उमेर समूहका २१.३ प्रतिशत युवाहरु कामको खोजीमा छन् ।

सरकारले अब के गर्छ ?
अर्थतन्त्रको दिशा बदल्नका लागि राजनीतिक विचारधारा परिवर्तन हुनु आवश्यक रहेको बताउनेहरुको संख्या बढिरहेको छ । तर, चीनमा पछिल्ला केही महिनाहरुमा जे भए त्यसले राजनीतिक बदलावको कुनै सम्भावना देखाउँदैन् । चीनमा कम्युनिष्ट पार्टीको सरकार छ र त्यसमा सी जिनपिङले कडा पकड बनाइराखेका छन् । कतिपय सवालमा त चीन आफ्नै सफलताको पीडित भएको जस्तो देखिन्छ ।

सन् १९८९ देखि चीनको औसत विकास दर ९ प्रतिशत छ । तर, सन् २०२३ मा विकास दर ४.५ प्रतिशतमा खुम्चिने अनुमान गरिएको छ । अमेरिका, बेलायत वा युरोपियन देशहरुको तुलनामा ४.५ प्रतिशत पनि निकै बढी हो । तर, चीनको विगतको विस्तारभन्दा यो निकै कम हो । पश्चिमा देशहरुको अर्थतन्त्र उनीहरुको खर्चका आधारमा चल्छ । र, चीनले यसमा विश्वास गर्दैन् । सीले विकास चाहान्छन् तर त्यसको फाइदा अमेरिकाले लियोस भन्ने उनी चाहँदैनन् ।चीनले सेमिकन्डक्टर उद्योगमार्फत टेक्नोलोजीको क्षेत्रमा आफ्नो पकड बनाइराखेको छ । यसले नै चीनलाई विश्वस्तरमा प्रतिष्पर्धी बनाइराखेको छ र आफूमाथि अरुलाई निर्भर हुन बाध्य पारिरहेको छ ।

आर्थिक महाशक्ति
चीनले सम्भावित संकटलाई हेरेर व्यापक सुधार गर्नुपर्ने थियो । तर, उसले थोरै बदलावको प्रयास मात्रै गरेको छ । ठूलो लगानी गर्नुको साटो ऋण लिने सीमा बढाएको छ, ब्याजदरमा केही कटौती गरिदिएको छ, र यही उपायबाट समाधान निकाल्ने दाबी गरिरहेको छ ।

चीनमा विदेशी लगानीकर्ता चिन्तित छन्, उनीहरु सरकारले तुरुन्तै केही उपाय खोजोस भन्ने चाहेका छन् । तर, चिनियाँ नेतृत्व अझै केही पर्खिरहेको जस्तो देखिन्छ । चीन आर्थिक महाशक्ति बन्ने अनुमान गरिन्छ । तर, उसको अहिलेसम्म प्रतिव्यक्ति आम्दानी वार्षिक १२ हजार ८ सय ५० डलर मात्रै छ । चीनका ४० प्रतिशत नागरिक अहिले पनि ग्रामीण क्षेत्रमा बसोबास गर्छन् । निर्वाचन झेल्नु नपर्ने भएकाले चीन सरकार लामो अवधीका लागि निर्णय लिन सक्छ । बीबीसी हिन्दीबाट

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्