Shikhar Insurance

“हेलो सरकार” २४ सै घण्टा सञ्चालनमा, एनसेलबाट समेत गुनासो राख्न सकिनेछ

सिंहदरबार संवाददाता
२०८० भाद्र १७, आईतवार १४:२८
NIMB
Nabil Bank

काठमाडौ । नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको जनताकाे गुनासाे सुन्ने कार्यक्रम “हेलो सरकार” को सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याउने भएकाे छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको आज शुभारम्भ गरेका छन् ।

प्रधानमन्त्री दाहालले  प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको हेलो सरकार कक्षको निरीक्षण र अनुगमनसहित जनताका समस्या सम्बोधन गरी तीन सिफ्टको कार्यक्रम शुभारम्भ गररेका हुन् । उक्त कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, विभागीय प्रमुखहरू, मन्त्रालय तथा केन्द्रीय निकायका गुनासो सुन्ने अधिकृतहरू, हेलो सरकार कक्षमा कार्यरत कर्मचारीहरूको सहभागीता रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा बिस्तारित गरिएको कार्यक्रममा आजबाट एनसेल मोबाइलबाट समेत गुनासो राख्न सकिनेछ। गुनासोहरू फोन, इमेल, फेसबुक, ट्वीटर, भाइबर, ह्वाट्स्एप लगायतका डिजिटल माध्यमबाट समेत टिपाउन सकिनेछ।

हेलो सरकारको डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी सोको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ। हेलो सरकार २४ सै घण्टा सञ्चालनका लागि तीन सिफ्टको कार्यतालिका निर्माण गरी सोहीअनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ। त्यसका लागि नेपाल सरकारका ३ जना उपसचिवसहित २५ जना कर्मचारीहरू खटाइएको छ।

हेलो सरकारमा आएका गुनासोहरू गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पठाई समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था मिलाइएको छ। साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग सम्बन्धित गुनासोहरू सिधै सम्बोधन गर्ने व्यवस्था गरिएको छ।

गुनासोहरू सम्बोधनका निम्ति र्‍यापिड रेस्पोन्स टीमसमेत गठन गरी कार्यान्वयनमा ल्याइएको नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्यालले बताए । उक्त टीमले सम्बन्धित निकायमा पठाइएका गुनासोहरू कार्यान्वयन भए, नभएको अनुगमन गर्नुका साथै गुनासो सम्बोधनका लागि पहल गर्नेछ ।

हेलो सरकार १२ वर्ष पहिले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुरु गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्