Shikhar Insurance

‘आइएमई पे’ विकेट टु विनको नयाँ अफर, पानी र इन्टरनेट भुक्तानीमा १०० रुपैयाँ सम्म छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र १९, मंगलवार १८:४५
NIMB
Nabil Bank

काठमाडौं । डिजिटल वालेट कम्पनी ‘आइएमई पे’ ले विकेट टु विन अभियानको अफर सार्वजनिक गरेको छ । भदौ १९ देखी असोज १८ सम्म चल्ने सो अफर अन्तर्गत सेवाग्राहीले आफ्नो इन्टरनेट तथा पानीको बिल भुक्तानी ‘आइएमई पे’ मार्फत गर्दा १०० रुपैयाँ सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

सो छुट प्राप्त गर्नको लागि, सेवाग्राहीले पानी को बिल भुक्तानी गर्ने क्रममा ‘वाटर’ प्रोमो कोड राख्न पर्ने छ भने इन्टरनेट को बिल भुक्तानी क्रममा ‘इन्टरनेट’ प्रोमो कोड राख्नु पर्ने छ।

Citizen Life
Kumar Bank
Nepal Life

अफर अन्तर्गत सेवाग्राहीले पानी को प्रोमो कोड अफर अन्तराल भरी जती चोटि पनि प्रयोग गर्न सक्नेछन् भने इन्टरनेटको प्रोमो कोड भने अफर अन्तराल भरी एक जना ग्राहकले एक चोटि मात्र प्रयोग गर्न पाउने छन् ।

‘आइएमई पे’ ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवर्द्धित सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गरेको समेत कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्