Shikhar Insurance

यामाहाले गर्यो ‘राइड टु मोटो जीपी’ घोषणा, नाम दर्ता गर्ने समय सेप्टेम्बर ९ सम्म

सिंहदरबार संवाददाता
२०८० भाद्र १९, मंगलवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं, यामाहा नेपालले ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ । भारतमा पहिलो पटक हुनलागेको मोटो जीपीमा देखाउन यामाहा नेपालले नेपाली मोटरसाइकलको इतिहासमै पहिलो पटक दशजना यामाहा राइडरहरूलाई आठ दिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म लैजाने भएको छ ।

उक्त यात्रा २० सेप्टेम्बरमा ब्लू स्क्वायर नक्सालबाट सुरु भएर २३ मोटो जिपिको प्रत्यक्ष अनुभब गरी काठमन्डौ फर्कीयर यात्रा सम्पन्न हुने यामाहाले जनाएको छ ।
छानिएका यामाहा राइडरहरूले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको अवलोकन गर्नेछन्। मोटो जीपी भारतमा सन् २०२३ को २२ देखि २४ सेप्टेम्बरसम्म हुँदैछ ।

Citizen Life
Kumar Bank
Nepal Life

यामाहाले नेपाली समुदायका बिचमा रेसिङको भावनालाई जगाउने काम गरेको गरिरहेको, यामाहाका स्पोर्ट्स मोटरसाइकल र मोटोजीपीप्रति यामाहाका राइडरहरूको उत्साहलाई मनन् गर्दै ‘राइड टु मोटो जीपी’ को इभेन्ट तयार गरिएको समेत जनाएको छ ।

यस यात्रामा सहभागिताका लागि यामाहा राइडरहरूले दर्ताका लागि आफ्ना प्रारम्भिक विवरणहरू ९ सम्म पठाउनु पर्ने छ । दर्तापछि यामाहाले छ्नौट प्रकृया अघी बढाउनेछ र यस प्रकृयामा दशजना राइडरहरूको छनोट हुनेछ ।

यामाहा मोटरको स्थापनादेखि नै यसको कर्पोरेट संस्कृतिको रूपमा मोटरस्पोर्टहरू आयोजना हुँदै आएका छन् । राइड टु मोटो जीपी, मोटो जीपीको रोमान्चकतालाई नेपाल नजिकै ल्याउन र धेरै मोटरस्पोर्टका उत्साहीहरुलाई रेसिङतर्फ आकर्षित गर्नका लागि यो एउटा कोसेढुङ्गा रहेको समेत कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्