Shikhar Insurance

राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

सिंहदरबार संवाददाता
२०८० भाद्र २२, शुक्रबार १७:०२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । संघीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ।

राष्ट्रियसभा नियमावली, २०७५ बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी बैठक स्थगित गएको सचिवालयका महासचिव डा भरतराज गौतमले जानकारी दिए।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्