Shikhar Insurance

ललिता निवास प्रकरण : पक्राउलाई धरौटीमा छाेड्न आदेश, मीनबहादुरसँग २ करोड ४६ लाख धरौटी माग

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । पक्राउ परेकाहरुमध्ये एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको हो।

पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङसँग जिल्ला अदालतले २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ । आइतबार न्यायाधीश भोलानाथ ढकालको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिँदै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो  ।

Citizen Life
Kumar Bank
Nepal Life

बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले सरकारी कागजात किर्ते आरोपमा मुद्दा चलाएको थियो ।

अदालतले  साेहि मुद्दमा पक्राउ परेका केशव तुलाधरलाई भने सामान्य तारेखमा छाड्न आदेश दिएको छ ।

यो प्रकरणमा व्यवसायी मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्