Shikhar Insurance

नेपाल लाइफका अभिकर्ताले सिंगापुरमा फहराए नेपालको झन्डा

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १४:५२
NIMB
Nabil Bank

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै  नेपाल लाइफ इन्स्योरेन्सका चार जना एजेन्सी मेनेजरले सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल सम्मेलनमा सहभागिता जनाएका छन् । विश्वस्तरीय मान्यता प्राप्त बिमा अभिकर्ताहरुको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोबल कन्फ्रेन्स सिंगापुरमा सम्पन्न गरेको हो । २७ देखि ३० अगस्ट सम्म चलेको कार्यक्रममा विश्वभरिबाट लगभग ७ हजार ५ सय जनाको उपस्थिति थियो ।

नेपाल लाइफ इन्स्योरेन्सबाट नेपाललाई प्रतिनिधित्व गर्दै कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकीले सहभागिता जनाएका छन् । उनीहरुले अन्तर्राष्ट्रिय स्तरमा देशको झन्डा फहराउन पाउँदा आफूलाई निकै गौरवान्वित महसुस भएको र सो अवसर सिर्जना गरिदिएकोमा नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले यसरी अन्तर्राष्ट्रिय स्तरमा देश र कम्पनीको प्रतिनिधित्व गर्नु गौरवको कुरा भएको बताए । यस्तो एक्सपोजरले व्यक्तित्व विकाशका साथै आफ्नो लर्निङ्ग कर्भलाई माथि लैजान निकै सहयोग पुग्ने बताए । कम्पनीले धेरैभन्दा धेरै अभिकर्ताहरुलाई एमडीआरटी बन्न उत्प्रेरणा प्रदान गरिरहेको कुरा जानकारी गराए ।

‘किनभने जीवन अमूल्य’ छ भन्ने मूल नारालाई आत्मसाथ गर्दै २२ वर्षदेखि नेपालीहरुको घर दैलोमा जीवन बिमासम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० असार मसान्तसम्ममा लगानी १७२ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमा कोष करिब १६३ अर्ब रुपैयाँ संचित रहेको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना करिब १ सय ९२ कार्यालय सञ्जालमार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्