Shikhar Insurance

एलआईसी नेपालका लगानीकर्ताको हात यसपाली पनि खाली, लाभांश नदिने

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १०:२४
NIMB
Nabil Bank

काठमाडौं । एलआईसी नेपालका लगानीकर्ताको हात यसपाली पनि खाली हुने भएको छ । भदौ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक बर्ष २०७८/७९ को मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । एलआईसीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट गत बर्ष पनि लाभांश वितरण गरेको थिएन् । यससँगै कम्पनीका लगानीकर्ताको लगातार दोश्रो बर्ष हात खाली भएको छ ।

कम्पनीले चुक्ता पुँजी पुर्याउनका लागि ८८ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । कम्पनीले आर्थिक वर्ष २०७६/७७ मा भने २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्