Shikhar Insurance

आइसर ट्रक र बसद्वारा २ सय विद्यार्थीलाई “स्कुल बस र सडक सुरक्षा” सचेतना अभियान

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १८:००
NIMB
Nabil Bank

काठमाडौं । आइसर ट्रक तथा बसद्वारा कक्षा पाँचदेखि माथिका २ सयभन्दा बढी विद्यार्र्थीको सहभागितामा ललितपुरको गोदावरीस्थित बज्र एकेडेमीमा सञ्चालित “स्कुल बस र सडक सुरक्षा” सचेतना अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रमको उद्देश्य बालबालिकालाई सडक सुरक्षाको महत्वबारे जानकारी गराउनु रहेको थियो ।

आइसर बसहरू प्रभावशाली ४० सुरक्षा सुविधाले सुसज्जित छन् जसमा अतिरिक्त सुरक्षाको लागि रोल–ओभर परीक्षण, थोरै स्टेपमै सजिलो अनबोर्डिङ, अचानक रोकिनका लागि दाँते गार्डहरू, द्रुत निकासीका लागि दोहोरो आपतकालीन ढोका र चिप्लो सडकहरूमा स्थिर ब्रेकिङका लागि एन्टी–लक ब्रेकिङ प्रणालीलगायत समावेश छन् । सुरक्षाका यी उत्कृष्ट उपाय र अन्य विभिन्न सुधारहरूले विद्यार्र्थी यातायात र स्कुल बसहरूका लागि आइसरका ट्रक र बसहरूलाई उच्च विकल्पका रुपमा उभ्याएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

“मानिसको जीवनमा सडक सुरक्षा सबैभन्दा महत्वपूर्ण कुरा हो । झन् स्कूल बसमा त सडक सुरक्षालाई नकार्नै सकिँदैन । बालबालिकाको सुरक्षा आमाबाबूका लागि सदैव महत्वपूर्ण विषय हो । आफ्ना बच्चा स्कूलको यात्रा गर्दा सुरक्षित हातमा होस् भन्ने सबैले चाहन्छन् । सडक सुरक्षा बालबालिकामा मात्र नभएर अन्य जनमानसमा पनि उत्तिकै आवश्यक छ । सन् १९९६ देखि स्कुल बसको सुरुवात गरेको आइसर बस आफ्नाे सुरक्षा सुविधा (अन्तर्राष्ट्रिय सुरक्षा मानक बराबर), आधुनिक डिजाइन तथा नयाँ इन्जिनियरिङका लागि चिरपरिचित छ ।

४० सुरक्षा विशेषताहरू सहित स्टेट-अफ-द-आर्ट बग्गाडमा निर्मित आइसर बसले बलियो सुरक्षा तथा आरामदायक ड्राइभिङ्गको सुनिश्चित गर्छ । त्यसैले आइसर सार्वजनिक सवारीका लागि पनि सुरक्षात्मक दृष्टीकोणले अग्रस्थानमा छ।” बतास एम ए डब्लुका प्रडक्ट म्यानेजर प्रदीप पौडेलले भने ।

सुरक्षा पहिलो प्राथमिकता, सुरक्षित यात्रालाई पहिलो प्राथमिकता दिने अवधारणाका साथ आइसर ले जनचेतनामूलक कार्यक्रम मार्पmत सबैलाई सुरक्षित बनाउनका लागि सडक सुरक्षालाई विशेष प्राथमिकता दिइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्