Shikhar Insurance

टिभिएसको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, यस्तो छ विशेषता र मूल्य

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार ११:०६
NIMB
Nabil Bank

काठमाडौं। टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले बहुप्रतिक्षित प्रिमियम इलेक्ट्रिक स्कुटर – टीभीएस आईक्युब नाडा अटो शोमा लन्च गरेको छ । टीभीएस मोटरको भरपर्दो इन्जिनियरिङको क्षमताहरूद्वारा समर्थित, टीभीएस आईक्युबले क्लास–लिडिङ्ग पर्फर्मेन्स, आराम, निर्माण गुणस्तर र सुरक्षा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

लन्चमा बोल्दै टीभीएस मोटर कम्पनीका डिरेक्टर र सीईओ केएन राधाकृष्णनले भने, ‘टीभीएस मोटर्सले सँधै नयाँ प्रविधिहरू अपनाउन अगाडि रहँदै आएको छ । हामीले यसै गरि अटोमोबाइल उद्योगमा नयाँ बेन्चमार्कहरू खडा गर्दै आएका छौँ । टीभीएस मोटर्सले विद्युतीय सवारी साधनको प्रविधिमा १० वर्षभन्दा बढी समयदेखि लगानी गर्दै आएको छ र नेपालमा विद्युतीय दुई पाङ्ग्रे सवारीसाधन ९स्कुटर० लन्च गर्ने भारतबाट पहिलो ओईएम भएकोमा हामी गर्व गर्दछौं । टीभीएस नेपालको अग्रणी कम्पनि हो । हामीले हाम्रो पोर्टफोलियोमा ईभिहरु थपेर नेपालमा हाम्रो नेतृत्वको स्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेका छौं। हामी विश्वस्त छौं कि जगदम्बा मोटर्स प्रालिले टीभीएस आईक्युबका ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नेछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

ग्राहकहरुले ५ आकर्षक कलर भेरियन्टबाट आफ्नो स्टाइल अनुसार एउटारङ छनोट गर्न सक्नेछन् । आईक्युबमा भिजिबिलिटी र सुरक्षाका लागि शक्तिशाली एलईडी हेडल्याम्पहरू डिजाइन गरिएका छन् । सहज ५–वे जोइस्टिकको साथमा ७ इन्चको टि.एफ.टि क्लस्टरले इन्ट¥याकसन, म्युजिक कन्ट्रोल, थिम परसनलाइजेसन लगायतका सुविधाहरु प्रदान गरेको छ ।

शक्तिशाली ४.६ किलोवाट हब माउन्टेड मोटरद्वारा सञ्चालित टीभीएस आईक्युबले ७८ कि।मि प्रतिघण्टा को टप स्पीड दिनुका साथै मात्र ४.२ सेकेन्डमा ०–४० कि.मि प्रतिघण्टासम्म एक्सेलेरेसन दिन्छ । टीभीएस आईक्युबमा कुल ३.४ किलोवाट आवर क्षमताको एडभान्सड लिथियम–आयन रसायनको दुई ब्याट्री प्याकहरू रहेका छन् ।

यो एक इन्टेलिजेन्ट इन–हाउस बि.एम.एस. (ब्याट्री व्यवस्थापन प्रणाली) सँग आउँदछ जसले सिंगल चार्जमा १०० किलोमिटरको रेन्ज प्रदान गर्दछ ।  ४.५ घन्टामा ०–८०५ सम्म चार्जिङ टाइम रहेको टीभीएस आईक्युब ६५० वाटको पोर्टेबल क्यारी चार्जरको साथ उपलब्ध हुने बताइएको छ ।

प्रिमियम सुविधाहरूसहितको टीभीएस आईक्युब एस पहिलो १,००० ग्राहकहरूका लागि  ४,२९,९०० को आकर्षक मूल्यमा उपलब्ध रहेको जनाइएको छ ।
टीभीएस आईक्युबका मुख्य विशेषताहरूः
– ४.६ किलोवाटको पीक पावर, १४० एन एमको टर्क
– ३.३४ किलोवाटको रेटेड पावर
-७८ किमी/घण्टाको टप स्पिड
-४.२ सेकेन्डमा ०–४० किमीरघन्टा एक्सेलेरेशन
-१०० किलोमिटरको एकल चार्जको रेन्ज
– रिभर्स/फर्वाड पार्किङ असिस्ट
– ७” टिएफटि क्लस्टर, ५–वे जोइस्टिकको साथ
– म्युजिक प्लेयर नियन्त्रण
-नाइट मोड
-स्मार्ट हेलमेट कनेक्टिभिटी
-आगमन कलरएसएमएस अलर्ट
-क्लस्टरमा कागजात स्टोरेज
– ३२ लिटर अन्डरसीट स्टोरेज
-१० डिग्रीको ग्रेडेबिलिटी

GBIME

प्रतिक्रिया दिनुहोस्