Shikhar Insurance

सिप्रदी अटोपार्ट्स र डायनामिक टेक्नोसफ्टबीच सफ्टवेयर उपलब्ध गराउने सम्झौता

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १२:३७
NIMB
Nabil Bank

काठमाडौं । सिप्रदी अटोपार्ट्स प्राइभेट लिमिटेड र डायनामिक टेक्नोसफ्टले टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई इआरपी सफ्टवेयर उपलब्ध गराउने सम्झौता गरेका छन् ।

सिप्रदी अटोपार्टस् प्रालिका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेसनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त सम्झौताको पहिलो चरणमा काठमाडौंका चार खुद्रा व्यापारी, श्रेया मोटर पार्टस्, विजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई इआरपी सफ्टवेयर दिइएको छ ।

यो सफ्टवेयर प्रयोग गरेर खुद्रा विक्रेताहरूले खाता र स्टक व्यवस्थापन गर्न मद्दत प्राप्त गर्ने छन् ।यो सफ्टवेयर खुद्रा विक्रेताहरुका लागि व्यापार वृद्धि र व्यवस्थापनका लागि माइलस्टोन हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्