Shikhar Insurance

गण्डकी प्रदेशमा यातायात कार्यालयलाई फाइल र ढड्डामुक्त बनाइँदै

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १२:५७
NIMB
Nabil Bank

म्याग्दी । गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युतीय अभिलेख राख्ने काम सकिएको बताए । “कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो”, उनले भने, “यस वर्ष बागलुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल र ढड्डालाई डिजिटलाइजेसन गर्न लागेका छौँ ।”

Citizen Life
Kumar Bank
Nepal Life

कास्कीको यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर नमूना र परीक्षणका लागि देशमै पहिलोपटक सवारी साधनको विद्युतीय अभिलेख राखिएको थियो । चालु आर्थिक वर्षमा बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको अभिलेख डिजिटलाइजेसन गर्न १०/१० लाख रूपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए । “बागलुङमा तीस हजार र नवरपुरमा १५ हजार सवारी साधन दर्ता भएका छन्”, उनले भने, “यस वर्ष दुुवै कार्यालयलाई सवारी साधनको ढड्डा र फाइलमुक्त बनाउने तयारीमा छौँ, डुम्रेमा दर्ता भएका सवारी साधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत डिजिटलाइजेसन हुुन्छ ।”

प्रवक्ता पौडेलका अनुसार कास्कीमा सवारी चालक अनुुमतिपत्रसँग सम्बन्धित फाइल र ढड्डालाई पनि डिजिटलाइजेसन गर्न चालुु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरिएको छ । तीन लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखेको यातायात कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिजालले बताए ।

“फाइल र ढड्डा खोज्दा धेरै समय लाग्ने भएकाले सेवाग्राहीलाई मर्का परेको थियो”, उनले भने, “अहिले सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुपर्ने समस्या हटेको छ ।” फाइल र ढड्डा खोज्दा हुुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको छ । पुराना फाइल सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न थालिएको छ ।

सफ्टवेयरमा सवारी साधनको नम्बर, कम्पनी, रङ, बिमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण राखिएको छ । सफ्टवेयरमा कर निर्धारण गर्ने बिधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ । गण्डकीमा सबैभन्दा बढी पोखराको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन् । आव २०७९/८० मा ११ हजार, २०७८/८० मा १९ हजार र २०७७/७८ मा ३४ हजार सवारी साधन दर्ता भएका थिए । सो कार्यालयले गत आवमा २ अर्ब ५ करोड ६० लाख ४८ हजार २ सय ६४ रूपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्