Shikhar Insurance

ब्रेक सुमा लुकाएर थप ३०२ किलो सुन तस्करीः सीआईबी

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १३:३६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले चिनियाँ समूहले ब्रेक सुमार्फत थप ३०२ किलो सुन तस्करी गरेको जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले रेडी ट्रेडर्सले ३०२ किलो सुन ल्याएको पाइएको निष्कर्ष निकालेको हो ।

६० किलो बढी सुन तस्करीबारे अनुसन्धान गरेको सीआईबीले आज सरकारी वकिलको कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाउँदैछ । सुन तस्करी प्रकरणमा सीआईबीले अमला रोकासहित ५० जनालाई प्रतिवादी बनाएको पनि उल्लेख गरेको छ । हालसम्म यस प्रकरणमा ३२ जना पक्राउ परिसकेका छन् भने १८ जना फरार छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तीमध्ये २३ जना नेपाली र ९ जना विदेशी पक्राउ परेका हुन् । फरार १८ मध्ये १४ जना विदेशी छन् भने ४ जना नेपाली छन् ।

२ साउनमा बरामद भएको ब्रेक सुमा ६० किलो बढी सुन बरामद भएको थियो । गोदामहरुमा छापा मार्दा अरू पनि यसरी समान ल्याएको खुलेको थियो । त्यसमा अनुसन्धान गरेको सीआईबीले ब्रेक सुमा लुकाएर थप ३०२ किलो सुन तस्करी गरेको निष्कर्ष निकालेको छ ।

त्यसअनुसार सीआईबीले ३ अर्ब ५० करोड, २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो कायम गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्