Shikhar Insurance

रिलायबल इन्स्योरेन्सद्वारा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारीलाई प्रथम पुरस्कार

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १४:२३
NIMB
Nabil Bank

काठमाडाैं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले देशभरका उत्कृष्ट १ सय अभिकर्तालाई विभिन्न विधामा सम्मान गरेको छ ।

भदौ २२ गते शुक्रबार पोखराको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड इस्पामा सुरु भएको कार्यक्रममा आर्थिक वर्ष २०७९/८० मा एजेन्सीतर्फ साथै व्यक्तिगत अभिकर्ता कोडमासमेत नेपालभरिबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स भद्रपुर शाखाका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर बाबुराम अधिकारी प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै एजेन्सीतर्फ बिर्तामोड शाखाका एमडीआरटी तथा सिनियर एजेन्सी मेनेजर प्रेमराज गिरी तृतीय भएका छन् । उनीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ ।

कम्पनीका कार्यकारी प्रमुख (सिइओ) नारायण बाबु लोहनीले उद्घाटन गरेको कार्यक्रममा कम्पनीका प्रमुख प्रबन्धक शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए । वरिष्ठ सहायक महाप्रबन्धक दीपेश बाबु तिवारी र वरिष्ठ प्रबन्धक युवराज ज्ञवालीले कम्पनीको भावी योजना र नयाँ बिमा योजनाका बारेमा बताएका थिए ।

साथै, कम्पनीका वरिष्ठ प्रबन्धक कल्याणराज हलुवाई समेतको उपस्थिति रहेको कार्यक्रममा सातैवटा प्रदेशका प्रमुख र उत्कृष्ट केही शाखाका मेनेजरसमेतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्